Home Bibles उत्पत्ति 41:14 · नेपाली बाइबल
उत्पत्ति 41:14 · नेपाली बाइबल

यसर्थ यूसुफलाई फिरऊनले झ्यालखानबाट झिकायो र अंग-रक्षकहरूले उसलाई लगत्तै झ्यालखानबाट ल्याए। यूसुफले दाह्री काट्‌यो अनि केही सफा लुगाहरू लगाएर फिरऊनलाई भेट्न गयो।

Cross references

प्रस्थान 10:16

फिरऊनले मोशा र हारूनलाई झट्टै बोलायो फिरऊनले भन्यो, “मैले परमप्रभु तिमीहरूका परमेश्वर र तिमीहरूका विरोधमा पाप गरेको छु।

1 शमूएल 2:7

परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ, अनि उहाँले नै धनी बनाउनुहुन्छ, परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ र फेरि उच्च आसनमा बसाउनुहुन्छ।

2 शमूएल 19:24

शाऊलको नाति मपीबोशेत दाऊदलाई भेट्न आए। राजा गए पश्चात यरूशलेम फर्केर नआइञ्जेल सम्म मपीबोशेतले खुट्टाको वास्ता गरेनन्। दाह्री जुंगा काटेनन् र लुगाफाटा धोएनन्।

2 राजा 25:29

एबील-मरोदकले यहोयाकीनलाई बन्दीको लुगा लगाउन बन्द गरे। अनि यहोयाकीनले जीवनको रहल समय प्रत्येक दिन एबील-मरोदकसँग एउटै मेजमा बसेर खाए।

एस्तर 4:1

मोर्दकैले त्यहाँ भएका सबै घटनाहरू थाहा पाए। यसर्थ मोर्दकैले आफ्ना वस्त्रहरू च्याते अनि भाङ्गारा लगाएर आफैं माथि खरानी छर्किए। त्यस पछि तिनी शहरको बीचमा गए अनि कष्टमा जोडले रोए।

एस्तर 5:1

अनि तेस्रो दिनमा एस्तर आफै राजकीय वस्त्र पहिरिन् र गए राजमहलको अघि आगनँमा उभिईन्। राजा सिंहासनमाथि प्रवेशद्वार तिर फर्केर बसेका थिए।

भजनसंग्रह 105:19

उनले भनेका अगमवाणी कुराहरू साँच्चै नहोउञ्जेल सम्म तिनी दास सरह नै भए। परमप्रभुको सन्देशले प्रमाण गर्यो कि यूसुफ ठीक मानिस हो।

भजनसंग्रह 105:20

यसैले मिश्रका राजाले उनलाई मुक्त गरिदिए। राष्ट्रका शासकले उनलाई जेल मुक्त गरिदिए।

भजनसंग्रह 113:7

परमेश्वरले हीन अवस्थाबाट गरीबहरूलाई माथि उठाउनु भयो। परमेश्वरले भिखारीहरूलाई मैला फ्याँक्ने ढवाङ्गबाट निकाल्नु भयो।

उपदेशक 4:14

हुन सक्छ त्यो युवा शासक त्यस राज्यमा गरीब भएर जन्मेको होस् र हुनसक्छ ऊ जेलबाट छुटेर देशमा शासन गर्न आएको होस्।

यशैया 61:3

परमेश्वरले सियोनका दुखी मानिसहरूका लागि मलाई पठाउनु भयो। उत्सवका लागि म तिनीहरूलाई तयार पार्नेछु। म तिनीहरूका टाउकोबाट खरानी पुछेर मुकुट लगाई दिनेछु। म तिमीहरूको दुखमय जीवन हटाएर खुशीको तेल प्रदान गर्नेछु। म तिनीहरूको पीडा हटाएर उत्सवको निम्ति पोषाकहरू दिने छु। परमेश्वरले मलाई ती मानिसहरूलाई धार्मिकताका वृक्षहरू र ‘परमप्रभुको अद्भूत बोट नाउँ दिनलाई पठाउनु भयो।’

यशैया 61:10

“परमप्रभुले मलाई अत्यन्त खुशी पार्नुभयो। म सम्पूर्णमा परमेश्वरमा खुशी मनाउँनेछु। परमेश्वरले उद्धारको पोषाक मलाई लगाइदिनुभयो। ती पोषाकहरू अत्यन्तै सुन्दर छन् जुन विवाहको उपलक्ष्यमा मानिसहरू लगाउँछन्। परमप्रभुले धार्मिकताको पोषक मलाई लगाई दिनुभयो त्यो पोषक स्त्रीहरूले विवाहमा लगाउने जस्तो सुन्दर छ।

यर्मिया 52:32

एवील-मरोदकले यहोयाकीनसँग प्रेमपर्वक बात गरे। अनि उनले यहोयाकीनलाई बाबेलमा उनीसंग रहेका अन्य राजाहरूलाई भन्दा उच्च स्थानको सम्मान दिए।

यर्मिया 52:33

यसकारण यहोयाकीनले आफ्ना कैदी पोषाक खोलेर उतारे। त्यसपछि उसले भोजन पनि राजाकै टेबलमा खाए।

दानियल 2:25

अर्योकले तुरन्तै दानियललाई राजाकहाँ लिएर गयो अनि राजालाई भन्यो, “यहूदाको बन्दीहरू मध्ये मैले एकजना यस्तो मानिसलाई खोजें जसले राजाको सपनाको अर्थ बताउँन सक्छ।”

Interlinear

Choose Theme