Home Bibles ☰ Books उत्पत्ति 41:1 · नेपाली बाइबल
उत्पत्ति 41:1 · नेपाली बाइबल

दुइवर्ष पछि फिरऊनले एउटा सपना देख्यो। उनले आफैंलाई नील नदीको किनारमा उभिरहेको सपना देख्यो।

Cross references

उत्पत्ति 20:3

तर एक रात परमेश्वर उनको सपनामा आउनु भयो अनि भन्नुभयो, “हेर, तँ मरे जस्तै नै छस् किनभने जुन स्त्रीलाई तैंले पत्नी बनाएको छस् तिनको पहिले विवाह भएको हो।”

उत्पत्ति 29:14

त्यसपछि लाबानले भने, “यो आश्चर्य हो! तिमी हाम्रो आफ्नै परिवारको रहेछौ।” यसकारण याकूब त्यहाँ एक महिना बस्यो।

उत्पत्ति 31:21

याकूबले आफ्नो जहान परिवार र आफ्ना सबै चीज बीजहरू लग्यो अनि चाँडै हिंड्‌यो। तिनीहरूले यूफ्रेटिस नदी पार गरी गिलादको पहाडी भूमितिर यात्रा गरे।

उत्पत्ति 37:5

एकपल्ट यूसुफले एउटा विशेष सपना देख्यो। पछि उनले आफ्नो दाज्यू-भाइहरूलाई त्यस सपनाको बारेमा भन्यो। त्यसपछि उसका दाज्यू-भाइहरूले झन् वेशी घृणा गर्न थाले।

उत्पत्ति 40:5

एक दिन राती ती दुइजनाले सपना देखे। ती दुइजना नोकरहरू, एकजना रोटी पकाउने र अर्को दाखरस सेवा गराउने मिश्र देशका राजाका नोकरहरू थिए। प्रत्येक कैदीको आ-आफ्नो सपना थियो। अनि प्रत्येक सपनाको अलग्गै अर्थ थियो।

प्रस्थान 1:22

यसकारण राजा फिरऊनले आफ्ना सबै मानिसहरूलाई आदेश दिए, “सबै बालिकाहरूलाई बाँच्न देऊ। तर जब प्रत्येक पल्ट बालक जन्मन्छ तिमीहरूले उसलाई नील नदीमा अवश्यै फ्याँक्नु पर्छ।”

प्रस्थान 4:9

यी दुइ संकेतहरू देखाउँदा पनि तिनीहरूले तिमीहरूलाई आफैं विश्वास गरेनन् भने तिमीले नील नदीबाट केही पानी ल्याऊ। त्यो पानी भूईंमा खंन्याऊ, यसले भूईं छुने वित्तिकै त्यो रगतमा परिवर्त्तन हुनेछ।”

व्यवस्था 11:10

जुन भूमि तिमीहरू लिंदैछौ, त्यो मिश्र देश जहाँबाट तिमीहरू आएका छौ त्यस्तो छैन। मिश्र देशमा तिमीहरूले बीउ छरेर त्यसमा पानी हाल्दा आफ्नो गोडाको सहायताले खुट्टा चलाएर नालाबाट पानी हाल्नु पर्थ्यो। जसरी साग-सब्जीमा पानी हाल्थ्यौ त्यसरी नै खेतमा पनि हाल्नु पर्थ्यो।

न्यायकर्ता 7:13

गिदोन शत्रुको छाउनीमा आए अनि एकजना मानिसले कुरा गरेको तिनले सुने। त्यो मानिसले उसको साथीलाई उसले देखेको सपनाको कुरा भन्दै थियो। त्यो मानिसले भन्दै थियो, “एउटा जौंका रोटी मिद्यानका मानिसहरूको छाउनीमा पल्टँदै आएको मैले सपनामा देखें। त्यो रोटी यति जोडले ठोक्कियो कि पाल नै पल्टियो अनि समतल भयो।”

एस्तर 6:1

त्यो रात राजालाई निन्द्रै लागेन। तिनले आफ्ना सेवकहरूलाई दफतरको लेख पुस्तक आफू कहाँ ल्याउनु भने अनि त्यो राजालाई पढेर सुनाइयो। जब बिग्ताना अनि तेरेश।

अय्यूब 33:15

हुन सक्छ परमेश्वर मानिसहरूसँग सपनामा बोल्नुहुन्छ, अथवा राती दर्शनमा जब तिनीहरू गहिरो निद्रामा हुन्छन्।

यशैया 19:5

नील नदी सुक्नेछ। समुद्रहरूबाट पानी सुखेर जानेछ।

Interlinear

Choose Theme