हेर्नुहोस्, आज तपाईंले मलाई जमीनबाट निकालिदिनु भयो अनि म तपाईंको नजरबाट बाहिर रहनु पर्यो, यस पृथ्वीमा घरबेगरको घुमिहिंड्ने हुने भएँ र जसले पनि मलाई भेट्छ मलाई मार्नेछन्।”
Cross references
तब परमप्रभुले उसलाई भन्नुभयो, “यस्तो हुन पाउने छैन! यदि कसैले तलाईं मार्छ भने त्यसलाई म कठोर दण्ड दिनेछु।” तब परमप्रभुले कयिनमाथि यस्तो एउटा चिन्ह लगाउनु भयो जसले गर्दा त्यो देखेपछि कसैले कयिनलाई मार्ने छैन।”
अब उसो, यदि कुनै सजीवले एकजना मानिसलाई मार्छ भने, यसले त्यसको लागि आफ्नो जीवन दिनु पर्छ। यदि एकजना मानिसलाई अर्को मानिसले मार्छ भने म उसको जीवन लिनेछु।
म तिमीहरूको विरोधमा हुनेछु र तिमीहरूलाई शत्रुले परास्त गर्नेछ। ती शत्रुहरू जसले तिमीहरूलाई घृणा गर्छन् तिमीहरूमाथि शासन गर्नेछन्। तिमीहरू भागिरहने छौ यद्यपि कसैले तिमीहरूलाई खेदेको हुँदैन।
बाँचेकाहरूले पनि शत्रुको जमीनमा बस्न साहस पाउनेछैन। तिनीहरू प्रत्येक चीजसँग भयभीत रहनेछन् अनि हावाले उढाएको पत्कर झैं यता र उता भागिरहने छन्। तिनीहरू कसैले पछिबाट लखेटे झैं भागिरहने छन् र लड्ने छन्।
तर इस्राएली मानिसहरूले मोशालाई भने, “हामी जान्दछौ कि हामी मर्नेछौ। हामी नष्ट भइसकेका छौं। हामी ध्वंश भयौं।
यदि हत्या भएको परिवारको कुनै सदस्यले ज्यानको साटो ज्यानै लिन चाहान्छ भने उसले त्यो हत्यारालाई खोजी मार्न सक्छ।
अथवा घृणा गरेर उसलाई हातले हिर्काउँछ र त्यसको चोटले त्यो व्यक्ति मर्यो भने त्यो हिर्काउँने व्यक्ति हत्यारा ठहरिन्छ, र उसलाई प्राण दण्ड दिनुपर्छ। त्यो मर्ने व्यक्तिको आफन्तले उसलाई भेटेर मार्छ भने उसले मार्न सक्छ।
अनि मारिने व्यक्तिका आफन्तहरूले सुरक्षित शहर सिमाना बाहिर हत्यारालाई भेटे हत्या भएको व्यक्तिका आफन्तहरूले त्यसलाई मार्न सक्छन्। हत्या भएको व्यक्तिका आफन्तहरूको कुनै दोष हुने छैन।
“ती राष्ट्रहरूका माझ तिमीहरूले शान्ति पाउने छैनौ र विश्रामको निम्ति तिमीहरूले ठाउँ पाउने छैनौ। परमप्रभुले तिमीहरूको मनमा चिन्ता भरी दिनु हुनेछ। तिमीहरूका आँखा थाकेका हुनेछन्। तिमीहरू दुःखी हुनेछौ।
अहिले सबै परिवारका सदस्यहरू मेरो विरूद्धमा छन्। तिनीहरू भन्छन्, “त्यस हत्यारा छोरालाई हाम्रो अघि ल्याऊ, हामी। पनि त्यसलाई मार्छौ। किनभने त्यसले आफ्ना भाइ मार्यो।’ मेरो छोरा घरको बत्ती हो। यदि तिनीहरूले त्यसलाई मारिदिए भने त्यो अन्तिम बत्ती पनि निभ्नेछ। बाबुको सम्पत्तिको हकदार त्यही एउटै त बाँचिरहेको छ। यदि त्यो मारियो भने मेरो पतिको नाउँ यस पृथ्वीबाट नाउँ निश नै मेटिने छ।”
दुष्ट मानिसहरूले आफ्नो सम्पूर्ण जीवनभरी कष्ट पाइरहन्छ। निष्ठूर मानिस जीवनभरी नै प्रत्येक साल शिकार भइरहन्छ।
तर दुष्टहरूले परमेश्वरलाई भन्छन्, ‘हामीलाई एक्लो छाडी दिनुहोस्। हामी तपाईंका मार्ग जान्ने इच्छा गर्दैनौं।”
मलाई नठेल्नु होस्। अनि मदेखि तपाईंको पवित्र आत्मा टाढा नलैजानु होस्!
तिनीहरूले आफ्ना घरहरू छोड्नु परोस् र तिनीहरू भिखारी भई जाऊन।
भरोसा गर्छु मेरो शत्रुप्रति कोही पनि कृपालु छैनन्। भरोसा गर्दछु कसैले पनि त्यसको नानीहरू प्रति दया दर्शाउँदैनन्।
परमप्रभु चाँडो गरेर मलाई जवाफ दिनुहोस्! मैले आफ्नो आँट हराएँ। मदेखि टाढा नभाग्नु होस्। मलाई मर्नबाट जोगाउनु होस् र ती मरेर चिहानमा सुतिरहेको मध्ये एउटा हुन नदिनु होस्।
एकजना दुष्ट मानिस उसको दुष्टताद्वारा पारजित हुन्छ, तर एकजना धर्मी मानिस उसको पवित्रतामा सुरक्षित रहन्छ।
दुष्टको मनमा सधैं डर हुन्छ र कसैले नलखेटे पनि ऊ भागिहिंडछ। तर धर्मी मानिस सिंह झैं आँटिलो हुन्छ।
यदि तिमीहरूले आफ्नै देशको वरिपरि हेर्यौ भने तिनीहरूले संकष्ट र उदासपूर्ण अन्धकार मात्र देख्नेछौ - त्यसता अन्धकारमय नैराश्यले गर्द। आफ्नो देश त्यागेर जान वाध्य हुनेछौ। अनि जो मानिसहरू त्यस्तो अन्धकारमय पासोमा पर्छन तिनीहरू आफूलाई स्वतन्त्र पार्ने योग्यका सम्म बन्दैनन्।
डरलाग्दा घटनाहरू यरूशलेम र यहूदामा भयो किनभने परमप्रभु तिनीहरूसित रिसाउनु भएको थियो। अन्तमा, परमप्रभुले आफ्नो दृष्टिबाट यरूशलेम र यहूदाका मानिसहरूलाई फ्याँकिदिनु भयो।सिदकियाहले बाबेलको राजा विरूद्ध विद्रोह गरे।
अत तिनीहरू चाँडै विलीन हुनेछन्। तिनीहरू कुइरो जस्तै हुनेछन विहानको शीत जुन पर्छ तर चाँडै नै हराउँछ। इस्राएलीहरू हावाले उडाउँने भुस जस्तै हुन्। तिनीहरू चिम्नीबाट बाहिर निस्के पछि हराउने धुँवा जस्तै हुन्।
“त्यसपछि आफ्नो देब्रेपट्टि बसेका मानिसहरूलाई राजाले भन्नेछन्, ‘मदेखि दूर भई जाओ। परमेश्वरले अधिनै तिमीहरूलाई दण्ड दिने निश्चय गर्नु भएको छ। जाऊ सँधै जलिरहने आगोमा पस। त्यो आगो दुष्टहरू र तिनीका दूतहरूकालागि बालिएको हो।
त्यसपछि ती दुष्ट मानिसहरू सदा-सर्वदा दण्डित हुनको निम्ति जाने छन्। तर असल मानिसहरू चाँहिअनन्त जीवन 2प्राप्त गर्न जानेछन्।”
तिनीहरूलाई अनन्त विनाशको दण्ड दिइनेछ। तिनीहरूलाई प्रभुसित बस्न दिइनेछैन। उहाँका सर्वोच्च शक्तिदेखि धेरै टाड तिनीहरूलाई राखिनेछ।