Home Bibles ☰ Books उत्पत्ति 37:33 · नेपाली बाइबल
उत्पत्ति 37:33 · नेपाली बाइबल

तिनीहरूका बुबाले कोट देखे अनि बुझे, कि यो यूसुफको कोट थियो, तिनीहरूका बुबाले भने, “हो, यो उसको कोट हो। जंङ्गली जनावरले मेरो छोरा यूसुफलाई मारेर खाएको हुनुपर्छ।”

Cross references

उत्पत्ति 37:20

यदि हामीले सक्छौ भने उसलाई अवश्य मार्नु पर्छ। हामीले उसको शरीर एउटा रित्तो कुवामा फ्याँक्नु पर्छ। तब हामी आफ्नो बुबालाई भन्न सक्छौ, जंङ्गली जनावरले उसलाई मार्यो। तब हामी हेरौं उसको सपना के हुन्छ।”

उत्पत्ति 44:28

एकजनालाई मैले टाढा पठाएँ अनि जंङ्गली पशुहरूले उसलाई मार्यो। अनि अहिलेसम्म मैले उसलाई देखेको छैन।

उत्पत्ति 48:11

तब इस्राएलले यूसुफलाई भने, “म तँलाई हेर्न पाउँछु भनी कहिल्यै सोचेको थिइन, तर हेर, परमेश्वरले तँ र तेरा छोराहरूसमेत मलाई भेटगराउँनु भयो।”

1 राजा 13:24

घर तिर यात्रा गर्दा बाटोमा एउटा सिंहले आक्रामण गर्यो अनि ती परमेश्वरका जनलाई मार्यो। अगमवक्ताको लाश बाटोमा लडीरहेको थियो। गधा र सिंह लाशको छेउमा उभिएका थिए।

2 राजा 2:24

एलीशाले पछि हेरे अनि उनीलाई देखे। उनले परमप्रभुलाई तिनीहरूप्रति नराम्रो होस् भनी बिन्ती गरे। तब बनबाट दुइवटा भालू निस्किए अनि केटाहरूमाथि आक्रमण गरे। भालूद्वारा बयालीस केटाहरू च्यातिदिए।

हितोपदेश 14:15

एकजना अनुभवरहित मानिसले आफूले सुनेको प्रत्येक कुरामा विश्वास गर्छ, तर एकजना ज्ञानी मानिसले उसले टेकेको प्रत्येक पाइलाको राम्ररी विचार गर्छ।

यूहन्ना 13:7

येशूले जवाफमा भन्नुभयो, “अहिले मैले के गरिरहेछु तिमी जान्दैनौ। तर पछि बुझने छौं।”

Interlinear

Choose Theme