इस्राएल बूढो भइसकेपछि यूसुफ जन्मेको थियो। यसकारण इस्राएलले यूसुफलाई अरू छोराहरूलाई भन्दा बढी माया गर्थ्यो। याकूबले आफ्नो छोरोलाई एक विशेष लामो र अत्यन्तै राम्रो कोट दियो।
Cross references
जब यूसुफ आफ्नो दाज्यूहरू कहाँ पुग्यो, तिनीहरूले उसलाई एक्कासी समाते अनि उसको लामो अनि सुन्दर कोट च्यातच्यूत पारे।
तब तिनीहरूले त्यो लबेदा आफ्नो बाबुलाई देखाए। अनि तिनीहरूले सोधे, “हामीले यो लबेदा पायौं, के यो लबेदा यूसुफको हो?”
हामीले उत्तर दियौं, ‘हाम्रा बाबु हुनुहुन्छ, उहाँ बूढो मानिस हुनुहुन्छ। अनि हाम्रो सानो भाइ पनि छ। हाम्रा बाबुले त्यसलाई खुबै प्रेम गर्नु हुन्छ कारण त्यो उहाँको वृद्ध अवस्थामा जन्मेको हो। त्यस सानो छोराको दाज्यू पनि मर्यो। यसर्थ त्यस आमाबाट जन्मेर बाँचेको छोरो त्यो मात्र हो। हाम्रा बाबुले उसलाई खुबै माया गर्नुहुन्छ।’
“म निश्चित छु, तिनीहरूले युद्धमा विजय प्राप्त गरे, अनि अहिले तिनीहरू, तिनीहरूले पराजित गरेका मानिसहरूका चीजहरू लिंदैछन्। तिनीहरू ती चीजहरू तिनीहरू स्वयंमा बाँडदैछन्। प्रत्येक सैनिकहरू एक अथवा दुइ जना युवतीहरू लिंदैछन्। हुनसक्छ, सीसराले एक टुक्वा रंगीन वस्त्र भेट्टाए। त्यो यही हो! सीसराले एक टुक्वा बेल-बुट्टादार वस्त्र। हुन सक्छ दुइ टुक्वा विजेता सीसराले लाउनका निम्ति भेट्टाए।”
अम्नोनका नोकरले तामारलाई निकालेर दैलो बन्द गरिदिए।तामारले कन्यकेटीहरूले राजदरवारमा लगाउने लुगा जस्तो लामो बाहुला भएको रङ्गी-बिरङ्गी लुगा लगाएकी थिईन्।
राजकुमारी सुनको धागोले बुनेको पोशाकमा सजिएकी छिन्।
तिमीले आफ्नो सुन्दर लुगा लियौ अनि त्यसको उपयोग आफ्नो पूजाको स्थानमा सजाउन गर्यौं। तिमीले त्यस ठाँउमा एउटा वेश्याले जस्तो काम गर्यौ। तिमीले आफूलाई प्रत्येक मानिससँग अर्पित गर्यौ जो त्यहाँ आयो!
पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ अनि हरेक बस्तुमा शक्ति प्रदान गर्नु भएकोछ।
येशूका चेलाहरूले एक-अर्कालाई हेरे। तिनीहरूले बुझेनन् कि येशूले कसको विषयमा भनिरहनु भएको थियो।