त्यस भूमिबाट दुइ परिवारहरूलाई जीवन निर्वाह गर्न मुश्किल थियो। तिनीहरूसित धेरै गाई-वस्तुहरू थिए। एसाव पहाडी भूमि सेइरतिर लागे (एसावको नाउँ एदोम अनि सेइर पनि हो।)
Cross references
अनि तिनीहरूले सेईर एल्पारान पहाडी इलाकामा बसो-बास गर्ने होरीत मानिसहरुलाई पराजित गरे। (एल्पारान मरूभूमि नजिक छ)।
यसर्थ एसावले याकूबलई भने, “म भोकले दुर्बल भइरहेकोछु। मलाई त्यो केही रातो सिमी खान देऊ। (यही कारणले मानिसहरूले उसलाई एदोम भन्ने गर्द थिए।)
याकूबको दाज्यू एसाव सईर नाउँको प्रान्तमा बस्दै थियो। त्यो इलाका एदोमको पहाडी भूमिमा थियो। याकूबले एसावकहाँ दूतहरू पठायो।
याकूबले आफ्ना दूतहरूलाई भन्यो, “यी कुराहरू मेरा मालिक एसावलाई भन। ‘तपाईंका सेवक याकूब भन्छन्, म लाबानसँग याति लामो समय सम्म बसिरहेकोछु।
एसावको पारिवारिक इतिहास यही हो।
यी मानिसहरू एसाव (एदोम) बाट आएका परिवाका प्रमुखहरू थिए।
यी परिवारहरू प्रत्येक नै त्यस इलाकामा बसो-बास गरे जुन इलाकाको नाउँ र पारिवारको नाउँ एकै थियो।
तिनीहरूसित लडाइँ नगर। यो भूमिबाट तिमीहरूलाई एक फुट पनि दिइने छैन कारण यो पहाडी भूमि मैले एसावका मानिसहरूलाई आफ्नो भूमि बनाउनु भनी दिएको छु।
अनि मैले इसहाकलाई याकूब अनि एसाव नाउँका दुइ छोराहरू प्रदान गरें। एसावलाई मैले सेइर पर्वत वरिपरिका भूमि दिएँ। याकूब अनि उसका छोराहरू त्यहाँ बसेनन्। तिनीहरू मिश्रको भूमिमा बस्न गए।
शऊलले इस्राएलमा पूरा अधिकार जमाए। शाऊल इस्राएल वरिपरिका शत्रुहरूसित लडे। शाऊल मोआबी, अम्मोनी, एदोमी, सीबाका राजा र पलिश्तीहरूसंग लडे। जहाँ-जहाँ गएर लडे शाऊलले इस्राएलका शत्रुहरूलाई हराए।
शिमोन परिवार समूहबाट पाँच सय मानिसहरू सेइरको पहाडी देशमा गए। यिशीका छोराहरूले तिनीहरूको अगुवाइ गरे। ती छोराहरू पलत्याह, नार्याह, रपायाह अनि उज्जीएल थिए। शिमोनी जातिका मानिसहरू त्यस स्थानमा बस्ने मानिसहरूसित लडे।
“तर अहिले, अम्मोन, मोआब अनि सेईर पर्वतका मानिसहरू यहाँ आएका छन्। तपाईंले त्यस बेला इस्राएलका मानिसहरूलाई तिनीहरूको देशमा जानदिनुभएन जब इस्राएलका मानिसहरू मिश्रदेशबाट आए। यसर्थ इस्राएलका मानिसहरू फर्किएका थिए अनि ती मानिसहरूलाई ध्वंश गरेका थिएनन्।”
अम्मोनी अनि मोआबीहरू सेईर पर्वतबाट आएका मानिसहरूसित लड्न थाले। अम्मोनी अनि मोआबीहरूले सेइर पर्वतका मानिसहरूलाई मारे अनि नष्ट गरि दिए। सेइरका मानिसहरूलाई मारे पछि तिनीहरूले एक अर्कालाई मारे।
“हे मानिसको छोरो! सेइर पर्वत तिर ध्यान देऊ अनि मेरो निम्ति त्यसको विरूद्धमा केही भन।
यो ओबदियाको दर्शन हो। परमप्रभु मेरा मालिकले एदोमको विषयमा यसो भन्नुहुन्छःहामीले परमप्रभु परमेश्वरबाट एउटा विवरण सुन्यौ। देशहरूमा एउटा राजदूत पठाइएको थियो। उनले भने, “आऊ, एदोमको बिरूद्ध युद्ध गरौ।”
तिम्रो आफ्नो घमण्डले तिमीलाई धोका दिएकोछ। तिमी अग्लो पहडहरूको गुफामाहरू बस्नेछौ। तिम्रो घर पहाको अग्लाईमा छ र तिमी आफ्नो मनमा भन्छौ कि ‘मलाई कसैले पनि तल जमीनमा खसाल्न सक्तैंन।’”
अनि मैले एसावलाई स्वीकार गरिनँ। मैले एसावको पहाडी देश उजाडपारिदिएँ। एसावको देश नष्ट पारिएको थियो अनि अब त्यहाँ जङ्गली स्यालहरू मात्र बस्छन्।”