Home Bibles ☰ Books उत्पत्ति 31:49 · नेपाली बाइबल
उत्पत्ति 31:49 · नेपाली बाइबल

लाबानले भने, “हामी एक अर्कामा छुट्टीदा परमेश्वरले हामीलाई हेरून्।” यसकारण त्यस खाँमोको नाउँ मिस्पा राख्यो।

Cross references

न्यायकर्ता 10:17

अम्मोनी मानिसहरू युद्धका निम्ति एकत्रित भए। तिनीहरूको छाउनी गिलादको इलाकामा थियो। इस्राएलका मानिसहरू एकत्रित भए। तिनीहरूको छाउनी मिस्पा शहरमा थियो।

न्यायकर्ता 11:11

यसर्थ यिप्तह गिलादका अगुवाहरू साथ गए। ती मानिसहरूले यिप्तहलाई आफ्ना प्रमुख अनि आफ्ना सेनापति बनाए। यिप्तहले मिस्पा शहरमा परमप्रभुको समक्ष आफ्ना सबै भाकलहरू दोहोर्याए।

न्यायकर्ता 11:29

तब परमप्रभुको आत्मा यिप्तह माथि आयो। यिप्तह गिलाद अनि मनश्शेका क्षेत्रबाट पार भए। तिनी गिलादको मिस्पा शहर तिर गए। गिलादको मिस्पा शहरदेखि यिप्तह अम्मोनी मानिसहरूका भूमि भएर पार भए।

1 शमूएल 7:5

शमूएलले भने, “सबै इस्राएलका मानिसहरूलाई मिस्पामा भेला गर। म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्छु।”

1 राजा 15:22

तब राजा आसाले यहूदाका जम्मै मानिसहरूलाई आदेश दिए। कसैलाई पनि माफी भएन। तिनीहरू रामा गए अनि सबै ढुङ्गा र काठहरू बोके जसद्वारा बाशा त्यो शहरलाई सुदृढ बनाउँदै थिए। तिनीहरूले ती सामानहरू बिन्यामीनको भूमिमा गेबा अनि मिस्पा पुर्याए। तब राजा आसाले ती दुइ शहरहरूलाई अझै दरिलो बनाए।

होशे 5:1

“हे पूजाहारीहरू! हे इस्राएलका कुलहरू! तथा राजाका कुल हो! मेरो कुरा ध्यान दिएर सुन, किनभने न्यायको फैसला तिमीहरूको विरूद्धमा छ।“किनभने तिमीहरू मिस्पामा पासो र ताबोरका जाल भएकाछौ।

Interlinear

Choose Theme