म तिमी कहाँ बेतेलमा आउने परमेश्वर हुँ। त्यस ठाउँमा तिमीले एउटा वेदी बनायौ। तिमीले त्यस वेदीमा भद्राक्षको तेलले अभिषेक गर्यौ अनि त्यस ठाउँमा तिमीले मसित भाकल गरेका थियौ। अब म चाहन्छु तिमी आफ्नो भूमि जहाँ तिमी जन्मेका थियो त्यहाँ जान तयार होऊ।”‘
Cross references
याकूबले सपना देखे। एउटा सिडी पृथ्वीदेखि स्वर्गलोक सम्म पुगेको थियो। याकूबले स्वर्गदूतहरू त्यस सिंडीमा तल र माथि गरिरहेको देखे।
अर्को दिन बिहान याकूब चाँडै उठे। उनले त्यस चट्टानलाई उठाए अनि त्यसलाई एक छेऊमा खडा पारेर राखे। तब उनले त्यसमा तेल दले। यस प्रकार उनले त्स चट्टानलाई परमेश्वरलाई स्मरण गराउने स्तम्भ बनाए।
तब याकूबले एउटा प्रतिज्ञा गरे। उनले भने, “यदि परमेश्वर मसंगै रहनु भयो अनि म जहाँ जान्छु त्यहाँ मेरो रक्षा गर्नु भयो भने अनि परमेश्वरले मलाई खान भोजन र लगाउन लुगाहरू दिनु भयो भने।
परमप्रभुले याकूबलाई भन्नुभयो, “तिम्रा पुर्खाहरू जहाँ थिए, त्यही तिम्रो भूमिमा जाऊ म तिमीसंग हुनेछु।”
याकूबले भने, “हे मेरा पिता अब्राहामका परमेश्वर, मेरा पिता इसहाकका परमेश्वर! परमप्रभु तपाईंले मलाई आफ्नो भूमि र परिवार भएको ठाउँमा जान भन्नुभयो। तपाईंले भन्नुभयो तपाईंले मलाई राम्रो गर्नु हुनेछ।
परमेश्वरले याकूबलाई भन्नु भयो, “बेतेल शहरमा जाऊ, त्यहाँ बस अनि पूजा गर्नलाई त्यहाँ एउटा वेदी बनाऊ। ‘एल’ लाई स्मरण गर, ती परमेश्वर जो तिमी दाज्यू एसावदेखि बाँच्नको लागि भाग्दै थियौ, त्यस समय तिमीलाई परमेश्वरले दर्शन दिनु भएको थियो। तिमीले आराधना गर्नको निम्ति त्यहाँ एउटा वेदी बनाऊ।”
याकूबले त्यहाँ एउटा वेदी बनाएर त्यस ठाउँको नाउँ “एल-बेतेल” राख्यो। याकूबले त्यस ठाउँको नाउँ त्यही रोजे कारण जति बेला ऊ आफ्नो दाज्यू देखि भाग्दै थियो परमेश्वरले त्यहीं दर्शन दिनु भएको थियो।