भविष्यमा तपाईंले चाल पाउनु हुनेछ म इमानदार छु। तपाईं मेरो भेडाहरू हेर्न आउन सक्नुहुन्छ। यदि कोही भेडा अथवा बाख्रा थोप्ले अथवा सिंगारे नभए तपाईं जान्न सक्नुहुन्छ ती मैले चोरेको हो।”
Cross references
मेरो माल समान जे जति छ, सब तलाश गर्यौ तर कहीं केही पाएनौ, जो तिम्रो हो। यदि तिमीले केही पायौ भने तब मलाई देखाऊ।’ यहाँ राख मेरा मानिसहरूले देख्न सकून। मेरा मानिसहरूले निर्णय लिन सकून् हामी माझ को सही छ।
“भविष्यमा तिमीहरूका सन्तानले सोध्न सक्छन् तिमीहरूले यस्तो किन गर्छौ। अनि तिमीहरूको उत्तर हुनेछ, ‘हामीहरू मिश्र देशमा कमारा-कमारी थियौं अनि परमप्रभुले उहाँको शक्ति प्रयोग गरी हामीलाई यहाँ ल्याउनु भयो।
परमप्रभुले हरेक मानिसहरूलाई उसको धार्मिकता र विश्वसनीयताको निम्ति इनाम दिनुहुन्छ। उहाँले राम्रो काम गर्ने मानिसलाई इनाम दिनुहुन्छ र नराम्रो कार्य गर्नेलाई दण्ड दिनुहुन्छ। परमप्रभुले तपाईंलाई हराउन आज मलाई मौका दिनुभयो। तर म परमप्रभुका अभिषिक्त राजालाई हानि गर्न चाहदिन।
परमप्रभुले मलाई पुरस्कृत गर्नुहुन्छ कारण मैले सत्यकार्य गरें मैले कुनै नराम्रो कार्य गरिन, यसैले उहाँले मलाई राम्रै गर्नुहुन्छ।
तिमीहरूका असल कार्यहरू र निर्मलता मध्य दिनको घाम झैं चम्कियोस्।
किन? किनभने हामीले धेरै पल्ट गल्ती कुराहरू परमेश्वरका विरूद्ध गर्यौ। हाम्रा पापहरूले हामी गल्ती भएको देखाउँछ। हामी जान्दछौ त्यस्ता कामहरू गरेर हामी दोषी छौं।