याकूबले त्यस गोठालाहरूलाई भने, “हे मेराभाइ हो, तिमीहरू कहाँका हौ?”तिनीहरूले उत्तर दिए, “हामी हारानका हौं।”
Cross references
तेरहले आफ्नो छोरो अब्राम, उसको नाति लूत, बुहारी सराई-अब्रामकी पत्नी, लिएर कल्दीहरूको ऊर शहर छाडी कनान देशमा जान हिंडे। तर तिनीहरू हारानसम्म गई त्यही बसो-बास गर्न थाले।
त्यो नोकरले अब्राहामबाट दशवटा ऊँट लियो अनि ऊ त्यस ठाउँबाट हिंड्यो। नोकरले धेरै प्रकारको राम्रा-राम्रा उपहारहरू लिएर गयो। ऊ नाहोरको शहर मेसोपोटामिया गयो।
यसर्थ, छोरो, म जे भन्छु त्यही गर। मेरो दाज्यू लाबान हारानमा छ, तँ त्यहाँ जा अनि लुक।
याकूब बर्शेबा छोडेर हारानतिर लागे।
स्तिफनसले उत्तर दिए, “मेरा यहूदी पिताहरू र दाज्यु-भाइहरू, मलाई ध्यानसित सुन। हाम्रा पुर्खा अब्राहाम समक्ष महिमामय परमेश्वर प्रकट हुनुभयो। अब्राहाम त्यसबेला मेसोपोटामियामा थिए। यो उहाँ हारानमा रहनु भन्दा पहिलेको कुरा हो।
यसैले अब्राहामले कल्दी देश छाडे अनि हारानमा बस्न गए। अब्राहमको पितकाको मृत्युपछि उनलाई परमेश्वरले यो ठाँउमा पठाउनु भयो, जहाँ अहिले तिमी बस्छौ।