याकूबले हेर्यो अनि उनले मैदानमा एउटा कूवा देख्यो। त्यहाँ त्यो कूवाको छेउमा तीन बगाल भेडाहरू बसिरहेका थिए। ती भेडाहरूले त्यस कूवामा पानी खान्थे। त्यहाँ एउटा ठूलो ढुङ्गाले त्यो कूवालाई ढाकेको थियो।
Cross references
त्यो नोकर शहर बाहिरको कूवामा गयो जहाँ साँझमा स्त्रीहरू पानी लिन घरबाट बाहिर आउँथे। त्यस नोकरले त्यहाँ ऊँटहरूलाई घुँडा टेकाएर बसायो।
म यहाँ पानीको कूवाको छेउमा बस्छु अनि पानी लिनको निम्ति कन्याहरू शहरबाट आइरहेका छन्।
मोशाद्वारा हत्या गरेको विषयमा फिरऊनले पनि थाह पाए, अनि उसलाई मार्ने निश्चय गरे। यसकारण मोशाले आफैलाई फिरऊन देखि बाँच्नको निम्ति भागेर मिद्यानमा गए।जब मोशा मिद्यानमा पुगे ऊ कुनै कुवाको नजिक बसे।
उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ। उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ।
मलाई नहेर, म कति काली छु, मलाई घामले काली पारेको हो। मेरा दाज्यू-भाइहरू म प्रति क्रोधित थिए, त्यसैले तिनीहरूले मलाई उनीहरूको दाखबारीहरू हेर्नु अह्राए, त्यसै कारण मैले आफैंलाई ध्यान पुर्याउन पाइनँ।
मानिसहरू भोको हुने छैनन्। तिनीहरू तिर्खाउने छैनन्। तातो घाम र बतासले तिनीहरूलाई हानि पुर्याउने छैन्। किन? किनभने परमेश्वरले तिनीहरूलाई सान्त्वना दिनुहुनेछ अनि उहाँले तिनीहरूलाई डोर्याउनु हुनेछ। उहाँले तिनीहरूलाई पानीका श्रोतहरूको छेउमा लैजानु हुनेछ।
याकूबको कुवा त्यहाँ थियो। येशू आफ्नो लामो यात्राबाट थाकेपछि त्यही कुवाकै छेउमा विश्राम गर्न बस्नुभयो। त्यसबेला प्रायः मध्यान्हको समय थियो।
तर त्यस मानिस जसले, मैले दिएको पानी पिउँदछ ऊ फेरि तिर्खाउनेछैन। मैले जुन पानी उसलाई दिन्छु, त्यो मानिस उम्रिरहने पानीको मूल बनिनेछ। जून पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ।”
सिंहासनको माझमा भएको भेंडाको पाठा तिनीहरुको गोठालो हुनु हुनेछ। उनले तिनीहरुलाई पानीको मुलतिर लानेछन् जसले जीवन प्रदान गर्नेछन्। अनि परमेश्वरले तिनीहरुका आँखाबाट प्रत्येक थोपा आँसु पुछिदिनेछन्।”