Home Bibles उत्पत्ति 28:5 · नेपाली बाइबल
उत्पत्ति 28:5 · नेपाली बाइबल

यसर्थ इसहाकले याकूबलाई रिबेकाको दाज्यूको घरमा पठाए। यसर्थ याकूब अरामी बतूएलको छोरो लाबान कहाँ गए। लाबान रिबेकाको दाज्यू थिए। रिबेका एसाव र याकूबकी आमा थिइ।

Cross references

उत्पत्ति 22:23

बतूएल रिबेकाको पिता थिए। मिल्काह यी आठजना छोराहरूकी आमा थिइन्, अनि नाहोर पिता थिए। नाहोर अब्राहामको भाइ थिए।

उत्पत्ति 24:54

त्यसपछि त्यो नोकर र ऊसंगै पुगेको मानिसले खाइपिइ गरेर त्यहीं रात बिताए। बिहान मात्र चाँडै उठेर तिनीहरूले भने, “अब हामी मालिककहाँ जानै पर्छ।”

उत्पत्ति 25:20

जब इसहाक चालीस वर्षका भए उनले रिबेका नाउँकी कन्यासित विवाह गरे। रिबेका पद्दन-आराम भनिने ठाउँकी थिइन् अनि अरामी बतूएलकी छोरी र अरामी लाबानकी बहिनी थिइन्।

उत्पत्ति 28:2

यसर्थ यस ठाउँलाई छाडेर पद्दन-आराममा। तेरी आमाको माइती- घर जा। तेरी आमाको दाज्यू लाबान त्यहाँ बस्छन्। उनको छोरीहरू मध्ये एक जनासित विवाह गर्।

उत्पत्ति 29:1

तब याकूबले आफ्नो यात्रा जारी नै राख्यो। त्यो पूर्व तिरको प्रान्तमा गए।

उत्पत्ति 31:24

त्यस रात परमेश्वर लाबानको सपनामा देखा पर्नु भयो। परमेश्वरले भन्नुभयो, “होशियार हुनु, याकूबलाई जे भन्छौ प्रत्येक शब्दको निम्ति होशियार हुनु।”

उत्पत्ति 35:27

याकूब आफ्ना बुबा इसहाककहाँ किर्यतर्बा (हेब्रोन)मा गए। यो त्यही ठाउँ हो जहाँ अब्राहाम र इसहाकले बसो-बास गरेका थिए।

व्यवस्था 26:5

तब परमप्रभु तिमीहरूका परमेश्वरको अघि तिमी भन्ने छौ, ‘मेरो पिता-पुर्खा फिरन्ते आरामी थिए। तिनी मिश्रदेशमा गएर बसो-बास गरे। जति बेला तिनी त्यहाँ गएका थिए उनको कुलमा केही मानिसहरू मात्र थिए तर मिश्रदेशमा उनको परिवार महान् अनि शक्तिशाली राष्ट्रमा परिणत भयो।

इजकिएल 27:16

एदोमले तिमीसँग व्यापार गर्थो किनकि तिमीसँग धेरै राम्रा-राम्रा चीजहरू थिए। एदोमका मानिसहरूले तिमीले बेचेको चीजहरूको सट्टामा तिमीलाई फिरोजा नीलमणि, बैजुनी लुगा, बुट्टाले भरिएका लुगा, बुट्टा भरिएका सूती लुगा, मूंगा-मोती अनि रातो मलमल दिन्थे।

Interlinear

Choose Theme