Home Bibles उत्पत्ति 24:59 · नेपाली बाइबल
उत्पत्ति 24:59 · नेपाली बाइबल

यसकारण तिनीहरूले रिबेकालाई अब्राहामको नोकर अनि उसका साथीहरूसित जान दिए। रिबेकाकी सहेली पनि उसैसंग लागीन्।

Cross references

उत्पत्ति 24:50

त्यसपछि लाबान र बतूएलले उत्तर दिए, “हामीले थाहा पायौ यो सब परमप्रभुबाट नै भइरहेकोछ, यसर्थ यसकुरालाई बद्ली गर्ने विषयमा हामी केही पनि भन्न सक्तैनौं।

उत्पत्ति 24:53

त्यसपछि उनले ल्याएका उपहारहरू रिबेकालाई दियो। उनले राम्रो लुगाहरू र सुन चाँदीका गहनाहरू दियो। उनले रिबेकाको आमा र दाज्यूलाई पनि बहुमूल्य उपहार दियो।

उत्पत्ति 24:60

जब तिनीहरू जानु तत्पर भए तब तिनीहरूले भने,“ए हाम्री बहिनी, तिमी हजारौं हजार जनको जननी बन, र तिम्रो सन्तानले शत्रुहरूलाई हराओस्, अनि तिनीहरूको शहरहरू कब्जा गरून्।”

उत्पत्ति 35:8

रिबेकाकी धाई दबोराह त्यहाँ मरी, तिनीहरूले त्यसलाई बेतेलमा फलाँटको रूखमुनि गाडे। तिनीहरूले त्यस ठाउँको नाउँ अल्लोन बकुत राखे।

गन्ती 11:12

के मैले गर्भ धारण गरेर यी मानिसहरूलाई जन्माएको हुँ र? तपाईंले यिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरेर दिन्छु भनेको भूमिमा एउटी रोगी-सेविकाले नानी बोकेर हिंडे झैं यी मानिसहरूलाई छात्तीमा राखेर लैजानु भन्नुहुन्छ।

1 थिस्सलोनिकी 2:5

तिमीहरूको प्रशंसा गरेर हामीले तिमीहरूलाई प्रभावित पार्न खोजेका छैनौं, यो तिमीहरू जान्दछौ। हामीले तिमीहरूबाट पैसा लिने कोशिश पनि गरेका छैनौं। तिमीहरूबाट हाम्रो स्वार्थ लुकाउनु केही छैन। परमेश्वर जान्नु हुन्छ, यो साँचो हो।

Interlinear

Choose Theme