Home Bibles उत्पत्ति 24:29 · नेपाली बाइबल
उत्पत्ति 24:29 · नेपाली बाइबल

रिबेकाको दाज्यू थियो। उसको नाउँ लाबान थियो। रिबेकाले त्यस मानिसले भनेको सबै कुरा सुनाई।

Cross references

उत्पत्ति 24:55

रिबेकाकी आमा र दाज्यूले भने, “रिबेका हामीसितै केही समयको निम्ति बसोस्। हामीसित त्यो दश दिनसम्म बसोस् र त्यसपछि जान सक्छे।”

उत्पत्ति 24:60

जब तिनीहरू जानु तत्पर भए तब तिनीहरूले भने,“ए हाम्री बहिनी, तिमी हजारौं हजार जनको जननी बन, र तिम्रो सन्तानले शत्रुहरूलाई हराओस्, अनि तिनीहरूको शहरहरू कब्जा गरून्।”

उत्पत्ति 27:43

यसर्थ, छोरो, म जे भन्छु त्यही गर। मेरो दाज्यू लाबान हारानमा छ, तँ त्यहाँ जा अनि लुक।

उत्पत्ति 28:2

यसर्थ यस ठाउँलाई छाडेर पद्दन-आराममा। तेरी आमाको माइती- घर जा। तेरी आमाको दाज्यू लाबान त्यहाँ बस्छन्। उनको छोरीहरू मध्ये एक जनासित विवाह गर्।

उत्पत्ति 29:5

फेरि याकूबले भने, “के तिमीहरूले नाहोरको लाबानलाई चिन्छौ?”गोठालाहरूले उत्तर दिए, “अँ हामी तिनलाई चिन्छौं।“

उत्पत्ति 29:13

लाबानले आफ्नी बहिनीको छोरोको विषयमा सुने। यसर्थ लाबान उसलाई भेट्न हिंड्‌यो। लाबानले उसलाई जोडले अँगाल्यो, चुम्यो अनि घरमा लिएर गए। याकूबले के भएको थियो सम्पूर्ण घटनाको विवरण दियो।

Interlinear

Choose Theme