अनि तिम्रा सन्तानहरूले संसारका सबै राष्ट्रहरूले आफ्ना निम्ति आशीर्वादको रूपमा पाउनेछन्। म यसै गर्नेछु किनभने तिमीले मेरा आज्ञाहरू मानेकाछौ।”
Cross references
म तिमीलाई आशीर्वाद दिनेछु, तिमीबाट महान् राष्ट्र बनाएर प्रसिद्ध बनाउनेछु। तब मानिसहरूले अरूलाई आशीर्वाद दिदाँ तिम्रो नाउँ लिनेछन्।
म तिमीलाई आशीर्वाद दिने मानिसहरूलाई आशीर्वाद दिनेछु अनि तिमीलाई सराप दिनेहरूलाई सराप दिनेछु। पृथ्वीमा सबै मानिसहरूलाई आशीर्वाद दिनका लागि म तिम्रो नाउँ प्रयोग गर्नेछु।”
अब्राहाम एउटा महान र शक्तिशाली जाति बनिनेछन् अनि पृथ्वीका सबै मानिसहरू तिनको कारणले आशिष पाउनेछन्।
बिहान अब्राहाम उठे अनि गधामा लगाम कसे। अब्राहामले आफूसंग छोरो इसहाक र दुइ जना नोकरहरू पनि लगे। तिनले बलिको निम्ति दाउरा काटे अनि परमेश्वरले बताउनु भएको ठाउँमा गए।
तब तिनले काट्ने हतियार लिएर इसहाकलाई मार्न तत्पर भए।
म तेरो परिवारलाई आकाशका ताराहरू जस्तै बनाउनेछु। अनि यी सबै भूमिहरू तेरो परिवारहरूलाई दिनेछु? पृथ्वीका सबै राष्ट्रहरूले तेरा सन्तानहरूद्वारा आशीर्वाद पाउँनेछन्।
म यस्तो यसैले गरिरहेकोछु किनभने तेरो बाबु अब्राहामले मेरो आज्ञा पालन गरे अनि मैले जे जे भने ती सब गरे। अब्राहामले मेरो आज्ञा, मेरो विधिहरू र मेरो नियमहरूको पालन गरे।”
परमप्रभुले तिनीहरूलाई भनेका कुराहरू मोशा र हारूनले पालन गरे।
“परमप्रभु इस्राएलका परमेश्वरले प्रतिज्ञा गर्नुभयो तँ अनि तेरा पिताको सन्तानले सदा-सर्वदा मेरो सेवा गर्नेछन्। तर परमप्रभु अब यसो भन्नुहुन्छ, ‘यस्तो कहिले हुँदैन! मलाई जसले सम्मान गर्छन् म तिनीहरूको सम्मान गर्छु। तर जसले मेरो अनादर गर्छ ऊ अपमानित हुनेछ।
राजा सदालाई ख्याती प्राप्त बनोस्। जब सम्म घाम रहन्छ तब सम्म मानिसहरूले उहाँको नाउँ याद गरून्। मानिसहरू उहाँबाट धन्य रहोस् अनि सबैले उहाँलाई आशीर्वाद दिऊन्।
‘यदि परमप्रभु जीवित हुनुहुन्छ,’ भनी शपथ खान्छौ र त्यसलाई सरलता, इमान्दारी अनि धार्मिकतासित पालन गर्छौ भने जाति-जातिहरू परमप्रभुको नाउँद्वारा जाति-जातिहरू आफै धन्य हुनेछन् अनि उहाँ तिनीहरूका परमेश्वर हुँ भनी गर्व गर्नु हुनेछ।”
मैले केवल तिनीहरूलाई आज्ञा दिएँ, ‘मेरो आज्ञा पालन गर अनि म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरो मानिसहरू हुनेछौ तिमीहरूको हितका निम्ति मेरा सबै आज्ञाहरू पालन गर।’
तिमीहरूले अगमवक्ताहरूले जे भने ती ग्रहण गरिसकेकाछौ।
सुसमाचार भन्नु नैं हाम्रा प्रभु येशू ख्रीष्ट, परमेश्वरका पुत्रको विषयमा बताउनु हो।
धर्म शास्त्रले भनेको थियो कि गैर-यहूदीहरूलाई विश्वासद्वारा परमेश्वरको धर्मी ठहराउनुहुनेछ। अब्राहमलाई यो सुसमाचार अघि नै सुनाइएको थियो, जस्तो शास्त्रले भन्छ, “तिमीद्वारा सम्पूर्ण जातिहरूलाई आशीर्वाद दिइनेछ।”
परमेश्वरले अब्राहाम र उनका सन्तानलाई प्रतिज्ञा गरेका थिए। परमेश्वरले “अनि तिम्रा सन्तानहरूलाई” भन्नु भएन, जसको अर्थ एक जना मानिस ख्रीष्ट मात्र हुन्छ।
करारलाई मान्दा परमेश्वरले गरेको प्रतिज्ञा पाइन्छ र? पाइँदैन। यदि व्यवस्था मान्दा ती वस्तुहरू हामीले पाइने भए त्यो प्रतिज्ञाबाट होइन। तर अब्राहामको पक्षमा आफ्नो प्रतिज्ञाको आधारमा उपहार स्वरूप परमेश्वरले उनलाई आशिष दिनु भयो।
अब ख्रीष्टमा कुनै मानिस यहूदी अथवा ग्रीक , कमारा अथवा फुक्का अनि स्त्री अथवा पुरुषमा पनि कुनै भिन्नता भएन। किनभने ख्रीष्ट यशूमा तिमीहरू सब एक हौ।
उहाँले हामीलाई स्वर्गीय स्थानहरूमा प्रत्येक ख्रीष्टमा रहेको आत्मिक आशिष दिनु भएकोछ। हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरमा प्रशंसा।
विश्वासको अर्थ हो, हामीले आशा गरेका कुराहरूको निश्चित छ। अनि विश्वासको अर्थ हुन्छ हामीले कुनै कुरालाई नदेखेता पनि त्यो वास्तविक छ भन्ने जान्नु।