त्यही समय अबीमेलेक र उसको सेनापतिले अब्राहामसित कुरा गरे। तिनीहरूले अब्राहामलाई भने, “तिमी जे पनि गर्छौ परमेश्वरले तिमीलाई सघाउनु हुन्छ।
Cross references
जब अब्राहाम गरार गए, तिनले मानिसहरूलाई भने सारा तिनकी बहिनी हुन्। गरारका राजा अबीमेलेकले यो सुने अनि सारालाई पत्नी बनाउनु आफ्ना सेवकहरूलाई लिन पठाए।
त्यसपछि अब्राहामले परमप्रभुलाई प्रार्थना गरे, अनि परमेश्वरले अबीमेलेक, उसकी पत्नी अनि उनकी कमारीहरू सबैलाई स्वास्थ्य पार्नु भयो।
अबीमेलेक इसहाकलाई भेट्न गरारबाट आए। तिनीसंग आफ्नो सल्लाहकार अहुज्जत र सैन्य सेनापनि पीकोललाई पनि ल्याएको थिए।
उसले उत्तर दियो, “अब हामीले बुझ्यौं परमप्रभु तिमीसित हुनुहुन्छ। हामी चाहन्छौं तिमीसित हाम्रो एउटा सम्झौता होस्। हामी चाहन्छौं तिमीले हामीलाई एउटा वचन देऊ।
“म तेरो साथमा रहनेछु र तेरो रक्षा गर्नेछु तँ जहाँ गए पनि तँलाईं म यहाँ फर्काएर ल्याउनेछु। म तलाईं त्यसबेलासम्म छोडने छैन जबसम्म तेरो सन्तानहरूलाई म दिएको प्रतिज्ञा मैले पूरा गर्दिन।”
लाबानले उसलाई भने, “मलाई केही भन्न देऊ। म जान्दछु तिमीले गर्दा नै परमेश्वरले मलाई आशीर्वाद दिनु भएकोछ।
तर परमप्रभुले यूसुफलाई सहायता गर्नु भयो। यूसुफ एउटा सफल मानिस भयो। यूसुफ आफ्नो मिश्री मालिक पोतीफरको घरमा बस्यो।
पोतीफरले थाहा पायो परमप्रभुले यूसुफलाई सहायता गर्नु भएको छ। उनले यो पनि थाहा पायो यूसुफले जे गर्छ त्यसमा उसलाई सफल पार्न परमप्रभुले सहायता गर्नु भएको हुन्छ।
तब परमप्रभुले यहोशूलाई भन्नु भयो, “आज म तँलाई इस्राएलका समस्त मानिसहरूको नजरमा महान तुल्याउने काम शुरू गर्नेछु। तब मानिसहरूले जान्ने छन् म मोशाको साथमा थिएँ त्यसरी नै तेरो साथमा पनि छु।
दाऊदले शाऊलसँग शपथ खाए। दाऊदले शाऊलका सन्ताहरू कसैलाई पनि मार्ने छैनन् भन्ने वचन सुनेर शाऊल घरतिर फर्के। दाऊद र तिनका मानिसहरू किल्लातिर लागे।
सुलेमान एक अति शक्तिशाली राजा भए किनभने परमप्रभु तिनका परमेश्वर तिनका साथ हुनुहुन्थ्यो। परमप्रभुले सुलेमानलाई अति महान बनाउनु भयो।
लडाइँ गर्नका निम्ति तिम्रा योजनाहरू तयार पार! तिम्रा योजनाहरू परास्त हुने छन्। तिम्रा सैन्यहरूलाई हुकुम गर तिम्रा हुकुमहरू बेकामे हुनेछन्। किन? किनभने परमेश्वर हामीसंग हुनुहुन्छ।
परमप्रभुले भन्नुहुन्छ, “मिश्र र कूश धनी छन् तर इस्राएल, तिमीले ती धनहरू पाउनेछौ। शबाईका अग्ला मानिसहरू तिम्रा हुनेछन्। तिनीहरूको गर्दन वरिपरि बाँधिएको साङ्गलोसितै तिनीहरू तिम्रो पछि पछि हिंडनेछन्। तिनीहरू तिमी समक्ष झुक्नेछन्। अनि तिनीहरूले तिमीसित प्रार्थना गर्ने छन्।” अनि त्यहाँ अन्य कोही परमेश्वर हुनेछैन्। इस्राएलका, परमेश्वर तिमीसँग हुनुहुन्छ।
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “त्यस समय, बिभिन्न जातिहरूबाट बिभन्न भाषाहरू बोल्ने दशजना मानिसहरूले एकजना यहूदी मानिसको लुगाको छेउ समात्नेछ अनि भन्नेछ, “हामीले सुनेका छौं कि परमेशवर तिम्रो साथमा हुनुहुन्छ, के हामी उहाँको उपासना गर्न तिमी सित आउँन सक्छौं?”‘
“कन्या गर्भवती हुनेछिन्, र एउटा पुत्र जन्माउने छिन्, तिनीहरूले उहाँको नाउ इम्मानुएल राख्नेछन्।”(इम्मानुएलको अर्थ हो “परमेश्वर हामीहरूसित हुनुहुन्छ।”)
यसकारण यस विषयमा हामीले के भन्ने? यदि परमेश्वर हाम्रो निम्ति हुनुहुन्छ भने, हामीलाई कसले पराजय गर्न सक्छ?
त्यस मानिसको हृदयका गुप्त कुराहरू प्रकट हुँदछ। तब त्यो मानिस झुक्नेछ अनि परमेश्वरको आराधना गर्नेछ। उसले भन्नेछ, “साँच्चै, परमेश्वर तिमीहरूसितै रहेछन्।”
पैसाको मोहदेखि आफूलाई टाडा राख। आफूसित जो छ त्यसैमा सन्तुष्ट होऊ। परमेश्वरले भन्नुभएको छ “म तिमीलाई कहिल्यै छोडदिनँ म तिमीदेखि कहिल्यै भग्दिनँ।”
सुन, त्याहाँ एक सभाघर छ जो शैतानको हो। तिनीहरु दावी गर्छन् कि तिनीहरु यहूदीहरु हुन् तर झूटो हो। तिनीहरु साँचो यहूदीहरु होइनन्। म तिनीहरुलाई तिमीहरु समक्ष आउन अनि तिमीहरुको अघि झुक्न वाध्य गराउँनेछु। तब तिनीहरुले थाहा पाउनेछन् कि मैले प्रेम गरेका मानिसहरु तिमीहरु नै हौ।