Home Bibles उत्पत्ति 19:8 · नेपाली बाइबल
उत्पत्ति 19:8 · नेपाली बाइबल

सुन, कुनै पुरूषसित सहवास नगरेका मेरो दुइ जना छोरीहरू छन्। म तिमीहरूलाई सुम्पिदिनेछु र आफ्नो इच्छा अनुसार जे गर्न मन लाग्छ तिनीहरूसित गर। तर यी मानिसहरू जो मेरो घरमा आएका छन् तिनीहरूलाई केही नगर, तिनीहरूको रक्षा मैले गर्नु नै पर्छ।”

Cross references

उत्पत्ति 18:5

म तपाईंहरूको निम्ति केही रोटी ल्याउनेछु र तपाईंहरूको इच्छा अनुसार खान सक्नु हुन्छ। त्यसपछि तपाईंहरू आफ्नो गन्तव्य स्थानतिर प्रस्थान गर्न सक्नु हुन्छ।” तीनैजनाले भने, “यो अति नै असल कुरो हो र तपाईं जस्तो ठीक सम्झनु हुन्छ त्यही गर्नुहोस्।”

उत्पत्ति 19:31

एक दिन उनका जेठी छोरीले आफ्नो बहिनीलाई भनी, “संसारमा कही पनि पुरूष र स्त्रीहरू विवाह गरेर आफ्नो सन्तान उत्पन्न गर्छन। तर हाम्रा पिता बृद्ध भई सकेका छन् अनि यहाँ वरिपरि हामीलाई सन्तान उत्पन्न गर्नका लागि समर्थन गर्ने कोही छैन।

उत्पत्ति 42:37

तर रूबेनले आफ्नो बाबुलाई भने, “बुबा! यदि मैले बिन्यामीनलाई फर्काएर तपाईंकहाँ नल्याए मेरा दुवै छोराहरू मारिदिनु होस्। विश्वास गर्नु होस्, म बिन्यामीनलाई फर्काएर ल्याउँने नै छु।”

प्रस्थान 32:22

हारूनले उत्तर दिए, “हजूर, क्रोधित नहुनु होस्। तपाईंलाई थाहा छ यी मानिसहरू सँधै केही गल्ती गर्न तैयार नै रहन्छन्।

न्यायकर्ता 9:15

तर काँढाको पोथ्राले रूखहरूलाई भन्यो, “यदि तिमीहरू साँच्चै नै मलाई तिमीहरूको राजा अभिषेक गर्न चाहन्छौ भने आऊ अनि मेरो छायाँमा आश्रय खोज। तर यदि तिमीहरू यसो गर्न चाहँदैनौ भने काँढाहरूबाट आगो उत्पन्न हुनदेऊ। त्यो आगोलाई लबानोनको देवदारूका रूखहरू समेतलाई जलाउने छ।”

न्यायकर्ता 19:23

त्यो वृद्ध मानिस बाहिर निस्के अनि ती नराम्रा मानिसहरूसित बात गरे। उसले भेन, “होइन, मेरो मित्रहरू, यस्तो नराम्रा कुराहरू नगर! ती मानिसहरू मेरो घरका अतिथि हुन। यस्तो भयानक पाप नगर।

न्यायकर्ता 19:24

हेर यहाँ मेरी छोरी छे। उसले कहिले पनि अघि कसैसित सहवास गरेकी छैन। म त्यसलाई अब बाहिर तिमीहरू कहाँ ल्याउँछु। तिमीहरू जसरी चाहन्छौ त्यसलाई उपयोग गर्न सक्छौ। तर यी मानिसको विरूद्ध यस्तो भयानक पाप नगर।”

हितोपदेश 9:7

अरूलाई अपमान गर्नेहरूलाई सुधार्न खोज्ने मानिस आफैं अपमानित हुन्छ र जसले दुष्टमानिसलाई हप्काउँछ उसलाई हानी हुन्छ।

यशैया 58:7

म चाहन्छु कि तिमीहरूले आफ्ना भोजन भोका मानिसहरूसँग बाँडेर खानेछौ। म चाहन्छु कि तिमीहरूले घर नभएका गरीब मानिसहरूलाई खोजेर आफ्नो घरहरूमा आश्रय दिनेछौ। जब तिमीहरूले नाङ्गो वस्त्रहीन मानिस देख्यौ भने त्यसलाई आफ्ना लुगाहरू दिनेछौ। ती मानिसहरूलाई सहयोग गर्न नचुक, तिनीहरू पनि तिमीहरू जस्तै नै हुन्।”

मर्कूस 9:6

के भन्नु पर्नेहो सो पत्रुसलाई थाहा भएन किनभने उनी आफै र अरू दूईजना चेलाहरू डराएका थिए।

रोमी 3:8

तब हामी भन्न सक्छौ, “हामीले दुष्ट काम गर्न पर्छ ताकि असल चीज आउला।” कतिपय मानिसहरूले हामीलाई निन्दा गर्दै भन्छन् कि हामी नै त्यस्तो कुरा सिकाउँछौ। ती र्भत्सना हुनै पर्छ।

Interlinear

Choose Theme