Home Bibles उत्पत्ति 19:27 · नेपाली बाइबल
उत्पत्ति 19:27 · नेपाली बाइबल

त्यसै दिन बिहानै अब्राहाम त्यस ठाउँमा गए जहाँ तिनी परमप्रभुको सामुन्ने उभिएका थिए।

Cross references

उत्पत्ति 18:22

तब ती मानिसहरु फर्के अनि सदोम तर्फ हिंडन थाले। तर अब्राहाम परमप्रभुकोअघि उभिए।

भजनसंग्रह 5:3

हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु, र तपाईंको सहयोग खोज्दछु। अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ।

इजकिएल 16:49

परमप्रभुले भन्नुभयो, “तिम्रो बहिनी सदोम अनि उसको छोरीहरू घमण्डी थिए। तिनीहरूसित आवश्यकता भन्दा ज्यादा खाने कुरा थियो अनि तिनीहरूसित समय पनि ज्यादा थियो। तिनीहरूले दीन अनि असहाय मानिसहरूलाई सहायता गर्दैनथिए।

हबकूक 2:1

“म एउटा प्रहरी झैं उभिन्छु र हेर्छु। परमप्रभुले मलाई के भन्नु हुन्छ म पर्खेर सुन्नेछु। म प्रतिक्षा गर्नेछु अनि म जान्नेछु कि उहाँले मेरो प्रश्नको के जवाफ दिनुहुन्छ।”

हिब्रू 2:1

यसकारण सिकाइएका कुराहरू अनुसरण गर्दा अझै धेरै होशियार हुनुपर्छ जसमा कि हामी सत्यको मार्गबाट नबहकियौं।

Interlinear

Choose Theme