Home Bibles उत्पत्ति 18:9 · नेपाली बाइबल
उत्पत्ति 18:9 · नेपाली बाइबल

ती तीनजना मानिसहरूले अब्राहामलाई सोधे, “तिम्री पत्नी सारा कहाँ छिन्?”अब्राहामले उत्तर दिए, “तिनी भित्र पालमा छिन्।”

Cross references

उत्पत्ति 4:9

तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?”तब कयिनले उत्तर दियो, “म जान्दिन, मेरो भाइको हेरचाह गर्ने काम मेरो हो र?”

उत्पत्ति 24:67

तब इसहाकले केटीलाई आफ्नो आमाको पालमा लग्यो। त्यही दिन इसहाकले रिबेकालाई विवाह गर्यो। ऊ रिबेकालाई अत्यन्तै प्रेम गर्थ्यो। यसकारण आफ्नी आमाको मृत्यु पछि उनले धेरै सान्तवना पायो।

उत्पत्ति 31:33

लाबान याकूबको छाउनीभित्र गएर खोज-तलाश गरे। उनले पहिले याकूबको अनि लेआको पालको तलाश गरे। त्यसपछि दुइ कमारी आइमाईहरू बसेका पालको तलाश गरे। तर ती पालहरूमा उनले खोजेका देवताहरू पाइएनन्। त्यसपछि लाबान राहेलको पालमा गए।

तीतस 2:5

तिनीहरूलाई बुद्धिमानी र पवित्र हुन, आफ्नो घरको ख्याल राख्नु, आफ्ना पतिहरू प्रति दयालु अनि आज्ञकारी हुनु भनी सिकाउनै पर्छ। यस्तो स्थितिमा परमेश्वरले हामीलाई दिनु भएको शिक्षाको बारेमा कुनै आलोचना हुने छैन।

Interlinear

Choose Theme