Home Bibles उत्पत्ति 18:24 · नेपाली बाइबल
उत्पत्ति 18:24 · नेपाली बाइबल

यदि त्यहाँ पचास धर्मी मानिसहरू छन् भने त्यो शहरलाई नाश गर्नु हुन्छ?

Cross references

उत्पत्ति 18:32

तब अब्राहामले भने, “परमप्रभु, दया गरी मसंग नरिसाउनु होला, तर अन्तिम पटक तपाईलाई विरक्त पार्दै फेरि म प्रश्न राख्न चाहन्छु। यदि तपाईंले दश जना मात्र असल मानिसहरू भेटे के गर्नु हुन्छ?”परमप्रभुले भन्नुभयो, “यदि दश जना मात्र पनि असल मानिसहरू भेटे म नाश पार्ने छैन।”

अय्यूब 35:8

अय्यूब, तिमीले सुकर्म अथवा कुकर्म जे गर्छौ त्यसले तिमी जस्तै अन्य मानिसहरूलाई प्रभाव पार्दछ। तर ती कर्महरूले परमेश्वरलाई सहयोग अथवा आघात केही पुर्याउँदैन।

यशैया 1:9

यो सत्य हो सेनाहरूका परमप्रभुले हाम्रा निम्ति केही मानिसहरूलाई अझ बाँच्ने अनुमति दिनु पर्छ। हामी सोदोम र गमोरा शहरहरू जस्तै पूर्ण रूपमा ध्वंस्त भएका छैनौं।

यर्मिया 5:1

परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका सडकहरूमा हिंड। वरिपरि हेर र ती कुराहरूको विषयमा सोच। यसका सार्वजनिक ठाँउहरू खोज। यदि यस्तो मानिस जसले जो इमान्दार छ अनि जसले सत्यको खोजी गर्छ र तिमीले त्यस्तो मानिस भेट्टायौ भने म यरूशलेमलाई माफ गर्नेछु।

मत्ती 7:13

“साँघुरो ढोकाबाट भित्र पस, जसले स्वर्ग तिर पुर्याउँछ। र्नकमा जाने बाटो एकदमै सजिलो छ। अनि ढोका पनि फराकिलो छ। धेरै मानिसहरू त्यसबाट भित्र पस्दछन्।

प्रेरित 27:24

उहाँले भन्नुभयो, पावल भयभीत न हौ! तिमी सिजर समक्ष उभिनै पर्छ। अनि परमेश्वरले तिम्रो खातिर तिमीसंग समुद्रयात्रा गर्नेहरू सबैलाई बचाउनु हुनेछ।’

Interlinear

Choose Theme