Home Bibles उत्पत्ति 18:15 · नेपाली बाइबल
उत्पत्ति 18:15 · नेपाली बाइबल

तर साराले आफू, “नहाँसेको कुरो भनिन्।” तिनले डराएर त्यसो भनेकी हुन्।तर परमप्रभुले भन्नुभयो, “होइन। तिमीले जे भन्यौ त्यो साँचो होइन। तिमी साँच्चै हाँस्यौ।”

Cross references

उत्पत्ति 4:9

तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?”तब कयिनले उत्तर दियो, “म जान्दिन, मेरो भाइको हेरचाह गर्ने काम मेरो हो र?”

उत्पत्ति 12:13

यसकारण दया गरी तिनीहरूलाई भनी देऊ तिमी मेरी बहिनी हौ, यदि तिमीले यसो भन्यौ भने, त्यो मेरो निम्ति राम्रो हुन सक्छ अनि तिम्रो कारणले म बाँच्नेछु।”

अय्यूब 2:10

अय्यूबले आफ्नो पत्नीलाई जवाफ दिए, “तिमी एक मूर्ख आईमाई जस्तै बोल्दैछौ। परमेश्वरले हामीलाई असल कुराहरू दिनुभयो, अनि हामीले तिनीहरू ग्रहण गर्यौं। यसकारण हामीले संकटहरू पनि ग्रहण गर्नपर्छ।” नाना किसिमका घटनाहरू घटे। तर अय्यूबले पाप काम गरेनन्। उनले परमेश्वरको विरूद्ध बोलेनन्।

भजनसंग्रह 44:21

निश्चय नै परमेश्वर यी सबै कुराहरू जान्नुहुन्छ। उहाँले हाम्रो गहन गुप्त कुराहरू पनि जान्नुहुन्छ।

भजनसंग्रह 44:22

हे परमेश्वर, दिनभरि हामी तपाईंका लागि मरिमेट्‌यौं!हामी मार्न लगिएका भेडा जस्तै छौं।

हितोपदेश 12:19

जो सत्य बोल्छ सदा स्थीर रहन्छ, तर जो झूटो बोल्छ केही क्षणको निम्ति मात्र रहन्छ।

हितोपदेश 28:13

जसले आफ्नो पापहरू लुकाउँछ उसको कहिल्यै उन्नति हुदैन, तर जसले आफ्नो पापहरू स्वीकार गर्छ र यसलाई त्यागी दिन्छ उसले कृपा प्राप्त गर्छ।

मर्कूस 2:8

येशूले शास्त्रीहरूले आपसमा उहाँको बारेमा के-के कुरा सोचिरहेका थिए भन्ने थाहा पाऊनुभयो। अनि येशूले सोध्नु भयो, किन तिमीहरूको मनमा यस्तो प्रश्न उठिरहेको छ

यूहन्ना 2:25

कसैले मानिसहरूको विषयमा उहाँलाई भन्नु पर्ने आवश्यक थिएन किनभने उहाँले मानिसको हृदयमा के छ जान्नु हुन्थ्यो।

यूहन्ना 18:17

द्वारपाल केटीले पत्रुसलाई भनी, “तिमी पनि त्यस मानिसको चेलाहरू मध्ये एक हौ?”पत्रुसले जवाफ दियो, “अहँ, म होइन।”

यूहन्ना 18:25

शिमोन पत्रुस आगोको छेउमा आफूलाई न्यानो पार्दै उभिरहेको थियो। केही मानिसहरूले पत्रुसलाई भने, “तिमी त्यस मान्छेको चेलाहरू मध्ये एक हौ?”तर पत्रुसेल अस्वीकार गर्दै भन्यो, “अहँ, म होइन।”

रोमी 3:19

हामी जान्दछौं कि व्यवस्थाले भने झैं, त्यो व्यवस्थाकै अधीनमा हुनेहरूलाई हो। यसले सारा मानवीय बहानाहरूको अन्त गर्नेछ सम्पूर्ण संसारलाई परमेश्वरको न्यायको अधीनमा ल्याउने छ।

एफिसी 4:23

तिमीहरू आफ्ना मन र आत्मामा नयाँ बनाइनु पर्छ।

कलस्सी 3:9

तिमीहरू आपस्तमा झूटो नबोल। किन? किन कि तिमीहरूले आफ्ना पापमय जीवन र त्यस जीवनसँग चल्ने कुरोहरू फ्याँकी सकेका छौ।

1 यूहन्ना 1:8

यदि हामी, हामीमा पाप छैन भन्छौ भने हामीले स्वयंलाई धोका दिइरहेछौ, अनि हामीमा सत्य छैन।

Interlinear

Choose Theme