Cross references
यसर्थ अब्रामले परमप्रभुले भन्नु भए अनुसार नै हारान छोडे अनि लूत तिनीसित गए। जब अब्रामले हारान छोडे त्यस समय तिनी पचहत्तर वर्ष पुगेका थिए।
जब अब्राम 99 वर्ष पुगे परमप्रभु तिनी सामु प्रकट हुनुभयो। परमप्रभुले भन्नुभयो, “म सर्वशक्तिमान परमेश्वर हुँ। मसित सही पथ अनुशरण गर।
परमेश्वरलाई सम्मान दर्शाउन अब्राहाम जमीनतिर मुख गरी घोप्टो भए। तर तिनले हाँस्दै आफैसित भने, “म एक सय वर्षको भएँ, अब म छोरा जन्माउन सक्तिन। अनि सारा पनि नब्बे वर्षकी भई र उनले नानी जन्माउन सक्तिन।”
अब्राहाम र सारा निकै वृद्ध भइसकेका थिए। साराको सन्तान जन्मिने समय बितिसकेको थियो।
अब्राहाम एक सय वर्ष पुग्दा उसको छोरो इसहाक जन्मियो।
परमेश्वरले स्वीकार गर्नुभयो भनेर देखाउनाका लागि अब्राहामले पछि खतना गरे। परमेश्वरले स्वीकार गरेको देखाउनका लागि उनले आफ्नो खतना परमेश्वरको अगाडी विश्वास गरेको प्रमाणित गरे। यसैले अब्राहाम सबैका पिता हुन जसलाई खतना नगरेकाहरूले पनि विश्वास गर्दछन्। जसले विश्वास गर्दछ उसलाई पनि धर्मीको रूपमा ग्रहण गरिने छ।
अब्राहाम प्रायः एकसय र्वष उमेर पुगिसकेका थिए, यसैले उनको शरीरबाट सन्तानहरू हुन उमेर बितिसकेको थियो। सारहबाट पनि कुनै छोरा-छोरी भएन। अब्राहामले यसको विषयमा सोचेका थिए। तर परमेश्वरप्रति उनको विश्वास कमजोर भएन।