Home Bibles ☰ Books उत्पत्ति 11:2 · नेपाली बाइबल
उत्पत्ति 11:2 · नेपाली बाइबल

जब मानिसहरू पूर्वबाट बसाइँ सर्न थाले शिनार देशमा तिनीहरूले समतल भूमि भेटे अनि तिनीहरूले त्यहाँ बसोबास शुरू गरे।

Cross references

उत्पत्ति 10:10

शुरूमा तिनको राज्य शिनारको बाबेल, एरेक, अक्कद र कल्ने थियो।

उत्पत्ति 11:9

त्यसकारण यो शहरको नाउँ बाबेल राखियो। यसप्रकार त्यस ठाउँबाट परमप्रभुले मानिसहरूलाई पृथ्वीको सतहभरि छरपष्ट पार्नु भएको थियो।

उत्पत्ति 13:11

यसर्थ लूतले आफू बस्नको निम्ति यही भूमि रोजे र ती दुइ व्यक्तिहरू छुट्टीए अनि लूतले पूर्वतिर यात्रा शुरू गरे।

उत्पत्ति 14:1

शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक, एलामका राजा कदोर्ला ओमेर, तिदाका राजा गोयीम थिए।

यशैया 11:11

त्यसबेला, मेरो मालिक परमेश्वरले तिनीहरूलाई बढाउनु हुन्छ र छाडिएका आफ्ना मानिसहरूलाई लिएर जानुहुनेछ। परमप्रभु परमेश्वरले यस्तो कर्म गर्नु भएको यो दोस्रो पल्ट हुनेछ। (छाडिएका मानिसहरू परमेश्वरका हुन ती देशहरूमा जस्तै अश्शूर, उत्तर मिश्र, दक्षिण मिश्र, पत्रोस कूश, एलाम, बेबिलोनिया, हमात अनि जुन संसार वरिपरि सुदूरमा भाएका ती देशहरूमा।)

दानियल 1:2

परमप्रभुले उसलाई यहूदाको राजा यहोयाकीमलाई पराजित गर्ने शक्ति दिनुभयो अनि परमेश्वरको मन्दिरबाट सबै भाँडा-कुँडाहरू लाने अनुमति दिनुभयो। नबूकदनेस्सरले ती चीजहरू शिनारको भूमि बाबेलमा ल्याए अनि उनका देवताहरूका मन्दिरमा राखे।

जकरिया 5:11

स्वर्गदूतले मलाई भनें, “तिनीहरु शिनारमा त्यसको निम्ति एउटा मन्दिर बनाउन गईरहे छन्। जब त्यो मन्दिर तयार हुन्छ त्यो बाल्टी उसकै आधारमा राखिनेछ।”

Interlinear

Choose Theme