तिनीहरुबाटै समुद्रतट वासीहरु फिंजिए। तिनीहरुको देशभित्र आफ्नो भाषा र जाति अनुसार फिंजिए। यी सबै येपेतका छोराहरु थिए।हामका सन्तानहरु
Cross references
यी तिनै जना नूहका छोराहरु थिए र यी तीन जनाका सन्तानहरुले नै यो पृथ्वी भरियो।
ती सब मानिसहरु हामका सन्तान थिए र ती सबै मानिसहरुको आफ्नो-आफ्नो भाषा र आफ्नै भूमि थियो र तिनीहरुको एउटा अलगै राज्य थियो।
एबेर दुइजना छोराहरूका पिता थिए जसमा एकजनाको नाउँ पेलेग थियो। उसलाई पेलेग नाउँ राखिएको कारण उसकै जीवनकालमा पृथ्वी विभक्त भएको थियो। अर्को छोरोको नाउँ योक्तान थियो।
नूहका सन्तानको वंश अनुसार तिनीहरुका जातिहरु यी नै थिए। यिनीहरु आफ्ना आफ्ना राष्ट्रमा गठित थिए अनि जल-प्रलय पछि तिनीहरूबाट नै पृथ्वीमा सबै मानिसहरु फिंजिएका थिए।
यतिबेला समस्त पृथ्वीमा एउटै भाषा थियो अनि थोरै शब्दहरु थिए।
यसरी परमप्रभुले तिनीहरूलाई पृथ्वीको सम्पूर्ण सतहभरि छरपष्ट पारिदिनु भयो। यसर्थ उहाँले भवन निर्माणको काम रोकिदिनु भयो।
त्यसकारण यो शहरको नाउँ बाबेल राखियो। यसप्रकार त्यस ठाउँबाट परमप्रभुले मानिसहरूलाई पृथ्वीको सतहभरि छरपष्ट पार्नु भएको थियो।
सर्वोच्च परमेश्वरले पृथ्वीमा मानिसहरूलाई विभाजन गरी प्रत्येक जातिलाई आफ्नो आफ्नो भूमि दिनु भयो। परमेश्वरले ती मानिसहरूको निम्ति सीमाना छुट्याउनु भयो, जति स्वर्गदूतहरू थिए उहाँले त्यति जातिको सृष्टि गर्नु भयो।
त्यसपछि राजा अहासूरसले भुमि र समुद्र उपकुल माथि तिरो लगाए। अनि हरेक शक्तिशाली र महान कर्म राजा अहासूरसले गरे।
तर्शीशमा बसिरहेका अनि सुदूर प्रान्तकाहरूले उहाँलाई उपहार ल्याऊन्। शेबा र शेबाका राजाहरूले उहाँ प्रति भेटी चढाऊन्।
त्यसबेला, मेरो मालिक परमेश्वरले तिनीहरूलाई बढाउनु हुन्छ र छाडिएका आफ्ना मानिसहरूलाई लिएर जानुहुनेछ। परमप्रभु परमेश्वरले यस्तो कर्म गर्नु भएको यो दोस्रो पल्ट हुनेछ। (छाडिएका मानिसहरू परमेश्वरका हुन ती देशहरूमा जस्तै अश्शूर, उत्तर मिश्र, दक्षिण मिश्र, पत्रोस कूश, एलाम, बेबिलोनिया, हमात अनि जुन संसार वरिपरि सुदूरमा भाएका ती देशहरूमा।)
ती मानिसहरूले भन्नेछन, “पूर्वमा भएका मानिसहरू, परमप्रभुको प्रशंसा गर! टाढा देशहरूमा बस्ने मानिसहरू, परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर!”
हेर, यस संसारमा सारा जातिहरू गाग्रीमा रहेको एक थोपा पानी सरह छन्। यदि परमेश्वरले टाढा टाढाका सबै जातिहरूलाई एकसाथ आफ्नो जोख्ने तराजुमा राख्नुभयो भने, पनि तिनीहरू मसिना धूलोका कणहरू जस्तै हुनेछन्।
तिमीहरू सबै सुदूर ठाउँहरू हेर, अनि डराऊ। तिमीहरू सबै सुदूर ठाउँहरू, पृथ्वीमाथि डरले कम्पित हौ। यहाँ मकहाँ आऊ र ध्यान दिएर सुन्।” अनि तिनीहरू आए।
उसले जबसम्म संसारमा खास इन्साफ ल्याउने छैन तबसम्म उ कमजोर हुने छैन। नत शिथिल नै हुने छ। अनि टाढा देशमा बस्ने मानिसहरूले उनमाथि विश्वास राख्नेछन्।
परमप्रभुका निम्ति एउटा नयाँ गीत गाओ, टाढा देशहरूमा भएका सारा मानिसहरू, समुद्रमा यात्रा गर्ने सारा मानिसहरू, सागरहरूमा भएका सारा पशु-प्राणीहरू, टाढा ठाउँहरूमा भएका सारा मानिसहरू परमप्रभुको गुण गाओ!
टाढामा रहेका मेरा मानिसहरू! मेरा कुरा ध्यान दिएर सुन्। पृथ्वीमा बाँचिरहेका सम्पूर्ण मानिसहरू ध्यान दिएर सुन्। परमप्रभुले उहाँको सेवा गर्न मलाई आह्वान गर्नुभयो। म जन्मनु भन्दा अघि नै परमप्रभुले मेरो नाउँ काढनु भयो जब म आमाको गर्भमा नै थिएँ।
म निष्पक्ष छु भनेर चाँडै नै देखाउनेछु। म चाँडै नै तिमीहरूलाई बचाउनेछु म आफ्नो शक्ति लाएर सारा जातिहरूमा न्याय गर्नेछु सबै सुदूरका ठाउँहरूले मलाई पर्खिरहेकाछन्। तिनीहरूले आफ्ना मद्दतकोलागि मेरो शक्तिको प्रतीक्षा गर्दछन्।
परमप्रभु आफ्ना शत्रुहरूमाथि क्रोधित हुनुहुन्छ। यसैले परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुनेछ जसको हकदार तिनीहरू छन्। परमप्रभु आफ्ना शत्रुहरूसँग क्रोधित हुनुहुन्छ। यसकारण टाढा-टाढामा भएका सबै मानिसहरूलाई उहाँले दण्ड दिनुहुनेछ।
टाढामा भएका देशहरूले मलाई पर्खिरहेछ। समान बोक्ने जहाजहरू समुद्रमा जान तयार छन्। ती जहाजहरू टाढामा भएका तिमीहरूका नानीहरू ल्याउनलाई तयार छन्। तिनीहरूले परमप्रभु तिम्रा परमेश्वरलाई जो इस्राएलका परमपवित्र हुनुहुन्छ श्रद्धा प्रकट गर्न सुन र चाँदी बोकेर ल्याउनेछन्। परमप्रभुले तिमीहरूका लागि अचम्मका कामहरू गर्नुहुनेछ।
समुद्र तरेर कित्तीमका टापुहरूमा जाऊ। कसैलाई केदारको भूमिमा पठाऊ। एकदमै होशियारी साथ हेर, हेर, कसैले त्यस्तो प्रकारको काम कहिले गरेको थियो कि?
मैले सोर र सीदोनका सबै राजाहरू अनि समुद्रका टापुहरूका राजाहरूलाई यो पिउन लगाँए।
ती मानिसहरू परमप्रभुसंग डराउनेछन्। किन? किनकि परमप्रभुले तिनीहरूको देवताहरू नष्ट पार्नुहुनेछ। त्यस समय सबै टाढा-टाढाका मानिसहरूले परमप्रभुको आराधना गर्नेछन्।