Home Bibles गलाती 4:16 · नेपाली बाइबल
गलाती 4:16 · नेपाली बाइबल

के अहिले म तिमीहरूको शत्रू भएको छु किनकि म सत्य बोल्छु?

Cross references

1 राजा 18:17

जब आहाबले एलियालाई देखे उनले भने, “के यो तिमी नै हौ? तिमी नै त्यो मानिस हौ जसले इस्राएलमा संकट सृष्टि गरेको छ!”

1 राजा 21:20

यसकारण एलिया आहाब भए कहाँ गए। आहाबले एलियालाई देखे र भने, “मेरा शत्रु! तिमीले फेरि मलाई भेट्‌यौ।”एलियाले उत्तर दिए, “हो, मैले फेरि तपाईंलाई भेटाएको छु। तपाईंले तपाईंको सम्पूर्ण जीवन परमप्रभुको विरूद्ध पापहरू गरेर विताउनु भयो।

1 राजा 22:8

इस्राएलका राजाले उत्तर दिए, “एक जना अरू अगमवक्ता छन्। उनको नाउँ मीकाया हो, इम्लाहाका छोरा हुन्। तर म उनलाई घृणा गर्दछु। जब उसले अगमवाणी बोल्दछन् उनी मेरो विषयमा राम्रो कुरा भन्दैनन्, तर खालि दुभार्ग्यको विषयमा भन्दछन्।”यहोशापातले भने, “एकजना राजाले त्यस्ता कुराहरू भन्नु हुँदैन!”

1 राजा 22:27

तिनीहरूलाई भन मीकायालाई जेलमा थुन्नु। उनलाई रोटी र पानी मात्र खान देऊ। म लडाईंबाट नफर्किञ्जेल सम्म उनलाई त्यहीं राख।”

2 इतिहास 24:20

परमेश्वरको आत्मा जकर्याह माथि उत्रिनुभयो। जकर्याहका पिता पूजाहारी यहोयादा थिए। जकर्याह मानिसहरूका सामुन्ने उभिए अनि भने, “परमेश्वरले जे भन्नु हुन्छ त्यो यो होः ‘किन तिमीहरूले परमप्रभुको आदेशहरूको पालन गर्न अस्वीकार गर्छौ? तिमीहरू सफल हुने छैनौं। तिमीहरूले परमप्रभुलाई त्याग्यौ यसकारण परमप्रभुले पनि तिमीहरूलाई त्याग्नु भएको छ।”‘

2 इतिहास 25:16

जब अगमवक्ता बोले, अमस्याहले अगमवक्तालाई भने, “हामीले तिमीलाई राजाको सल्लाहकार बनाएका छैनौं! चुप लाग! तिमी चुप लागेनौ भने तिमीलाई मारिने छ।” अगमवक्ता चुप भए, तर तब भने, “परमेश्वरले तपाईंलाई ध्वंश गर्ने निश्चय गर्नु भएकोछ। किनभने तपाईंले ती नराम्रा कुराहरू गर्नु भयो। अनि मेरो वचन सुन्नु भएन।”

भजनसंग्रह 141:5

म त्यसलाई दया सम्झने थिएँ, यदि एकजना धर्मी मानिसले मलाई पिटोस्। तपाईंका भक्तजनहरूले मलाई चेताउनी दिऊन्। तिनीहरूलाई त्यसो गर्न असल हुन्थ्यो। म ती कुराहरू स्वीकार गरौंला। तर म सधैं ती दुष्ट मानिसहरूको विरोधमानै प्रार्थना गर्नेछु।

हितोपदेश 9:8

अरूलाई अपमान गर्ने मानिसलाई तिमीले कहिल्यै पनि नझपार्नु नत्र उसले तिमीलाई नै घृणा गर्न थाल्छ। तर यदि तिमीले कुनै ज्ञानी मानिसलाई हप्का्यौ भने उसले तिमीलाई प्रेम गर्न थाल्नेछ।

आमोस 5:10

तिमी मानिसहरु, अगमवक्तालाई घृणागर्छौ जो तिमीहरुका अन्यायलाई लल्कार्छ र मानिसहरुसित सत्य बोल्छ।

यूहन्ना 7:7

संसारले तिमीहरूलाई घृणा गर्न सक्तैनन्। तर यो संसारले मलाई घृणा गर्छ। किनभने मैले तिनीहरूलाई तिनीहरूका कामहरू दुष्ट छन् भनी देखाएँ।

यूहन्ना 8:45

म साँचो भन्दछु। त्यसैले तिमीहरू मलाई विश्वास गर्दैनौ।

गलाती 2:5

तर हामी ती झूटा भाइहरूले चाहेका कुरामा अलिकति पनि झूकेनौं जसमा कि तिमीहरूमा सुसमाचारको सत्यता रहिरहोस्।

गलाती 2:14

मैले यी यहूदीहरूको मन विचारे। उनीहरूले सुसमाचारको सत्यतालाई पछ्याइरहेका थिएनन्। यसकारण सारा मण्डलीकहरूको सामुन्ने मैले पत्रुसलाई भनेः “पत्रुस तिमी यहूदी हौ। तर यहूदीले जस्तै तिमीले आफ्नो जीवन बिताइरहेका छैनौ। तिमी गैर-यहूदीहरू सरह बसिरहेका छौ। यदि यसो हो भने तिमी किन गैर-यहूदीहरूलाई यहूदीहरू जस्तो बाँच्न कर लगाँउछौ?”

गलाती 3:1

हे गलातीवासीहरू, क्रूसमा येशू ख्रीष्ट को मृत्यु बारे तिमीहरूका आँखा अघि स्पष्टसित झल्काइएकै थियो। तर तिमीहरू मूर्ख रहेछौ। कसैले तिमीहरूलाई छक्काएछ।

गलाती 5:7

तिमीहरू राम्रो दौड दौडिरहेथ्यौ। सत्य पालन गरिरहेका थियौ। सत्य बाटो हिंडनमा तिमीहरूलाई कसले रोक्यो?

Interlinear

Choose Theme