Home Bibles गलाती 3:23 · नेपाली बाइबल
गलाती 3:23 · नेपाली बाइबल

जब सम्म यो विश्वास आएको थिएन हामीहरू व्यवस्थाको कैदी थियौं। जब सम्म परमेश्वरमा गर्नु पर्ने विश्वास गर्दैनौ, हामी स्वतन्त्र हुँदैनौं।

Cross references

लूका 10:23

त्यसपछि येशू एक्लै आफ्ना चेलाहरूसंग हुनु हुन्थ्यो, उहाँ तिनीहरू पट्टि र्फकनु भयो अनि भन्नुभयो, “तिमीहरू धन्य हौं। जो तिमीहरूले देख्दैछौ।

रोमी 3:19

हामी जान्दछौं कि व्यवस्थाले भने झैं, त्यो व्यवस्थाकै अधीनमा हुनेहरूलाई हो। यसले सारा मानवीय बहानाहरूको अन्त गर्नेछ सम्पूर्ण संसारलाई परमेश्वरको न्यायको अधीनमा ल्याउने छ।

रोमी 6:14

पाप तिम्रो स्वामी हुनेछैन। किन? किनभने तिमी व्यवस्थाको अधीनमा छैनौ। तिमीहरू अब परमेश्वरको अनुग्रहमा छौ।

रोमी 11:32

सबै मानिसहरू अवज्ञाको कारागारमा यसकारण थुनिएका छन् कि परमेश्वरको कृपा सबैमा पुग्न सकोस्।

1 कोरिन्थी 9:20

यहूदीहरूलाई बचाउन यहूदीहरूका निम्ति म यहूदी जस्तै भएँ। म आफै कुनै नियमको अधीनमा छैन। तर नियमको अधीनमा बसेका मानिसहरूको लागि तिमीहरूलाई बचाउनु म पनि एकजना नियमको अधीनमा बस्ने मानिस जस्तै भइदिएँ।

गलाती 3:19

त्यसो हो भने व्यवस्था किन आवश्यक परयौ? मानिसहरूले भूल गर्छन् भन्ने देखाउनलाई व्यवस्था दिइएको थियो। अब्राहामको खास सन्तान नआउञ्जेल सम्म त्यो व्यवस्था चलिरह्यो। परमेश्वरको प्रतिज्ञा यिनै सन्तानको विषयमा थियो। व्यवस्था स्वर्गदूतद्वारा दिएको थियो। स्वर्गदूतहरूले मानिसहरूलाई व्यवस्था दिंदा मोशालाई मध्यस्थ राखे।

गलाती 3:24

यसले गर्दा ख्रीष्टको आगमन सम्म व्यवस्था हाम्रो अभिभावक थियो। ख्रीष्ट आए पछि विश्वासद्वारा हामी धर्मी बन्न सक्यौ।

गलाती 4:1

म यो तिमीहरूलाई भन्न चाहन्छुः उत्तराधिकारी जब सम्म बालक रहन्छ उ र कमारामा कुनै भिन्नता रहँदैन। यो सत्य हो यद्यपि उसले आफ्नो अधिकारमा रहेको प्रत्येक कुरो पाउँछ।

गलाती 4:21

तिमीहरूमध्ये कतिजना मोशाको व्यवस्थाको अधीनमा रहन चाहन्छौ। भन त व्यवस्थाले के भन्छ तिमीहरू सुन्दैनौ?

गलाती 5:18

तर आत्माबाट डोरियौ भने तिमी व्यवस्थाको अधीनमा रहने छैनौ।

हिब्रू 11:13

यी सबै मानिसहरू आमरण विश्वासमा बाँचे। तिनीहरूले परमेश्वरको वचन अनुसारका कुराहरू पाएनन्। तर टाडाबाट तिनलाई देखे र सन्तुष्ट बने अनि त्यसैमा आनन्दित बने। आफु त यस संसारमा यात्री र परदेशी मात्र हौं भन्ने तथ्य तिनीहरूले स्वीकारे।

हिब्रू 11:39

यी सबै तिनका विश्वासमा परिचित छन्। तर परमेश्वरको वचन तिनीहरू कसैले पाएनन्।

हिब्रू 12:2

हामीले सदा येशूको उदाहरणको पनि अनुसरण गर्नु पर्छ। हाम्रा विश्वासको निम्ति येशू अगुवा हुनुहुन्छ र उहाँले हाम्रा विश्वासलाई पूर्ण गर्नुहुन्छ। उहाँले क्रूसमा मृत्यु अँगाल्नु भयो। परमेश्वरको अघि आनन्दको लागि, उहाँले क्रूसको कष्टलाई झेल्नु भयो। अहिले उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।

1 पत्रुस 1:11

ख्रीष्टको आत्मा ती अगमवक्ताहरुमा थियो। अनि आत्माले ती दुखा-कष्टहरुको बारेमा, जो ख्रीष्टहरुको बारेमा, जो ख्रीष्टमाथि घट्ने थियो अनि त्यो महिमा जो ती दुख कष्टहरु पछि आउनेछन्, भनिरहेथ्यो। ती अगमवक्ताहरुले तिनीहरुलाई त्यो आत्माले के देखाइ रहेछन्, त्यसबारे जान्ने कोशिश गरे। ती कुराहरु कहिले घट्नेछन् अनि त्यसबेला संसारको अवस्था कस्तो हुनेछ, तिनीहरुले यो जान्ने कोशिश गरे।

Interlinear

Choose Theme