Home Bibles गलाती 1:11 · नेपाली बाइबल
गलाती 1:11 · नेपाली बाइबल

दाज्यू-भाइहरू हो! म इच्छा गर्छु कि तिमीहरूले जान, जुन सुसमाचर मैले प्रचार गरें त्यो मानिसले बनाएको होइन।

Cross references

रोमी 2:16

यी सम्पूर्ण कुराहरू त्यस दिनमा मात्र हुने गर्दछ जब परमेश्वरले मानिसहरूका हृदयका गुप्त कुराहरूको न्याय गर्नुहुनेछ। अनि जुन सुसमाचार म प्रचार गर्दछु, यसले यही भन्छ कि परमेशवरको न्याय ख्रीष्ट येशू द्वारा हुनेछ।

1 कोरिन्थी 2:9

तर, जस्तो शास्त्रमा लेखिएको छः“कुनै आँखाले पनि नदेखेको, कुनै कानले पनि नसुनेको, कसैले चिन्ता सम्म नगरेको कुरा आफूलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नु भएकोछ।”

1 कोरिन्थी 11:23

तिमीहरूलाई म त्यही शिक्षा दिंदैछु जुन मैले प्रभुबाट पाएँ त्यो रात जब येशू पक्राउ पर्नुभयो, उहाँले रोटी लिनुभयो।

1 कोरिन्थी 15:1

अब दाज्यू-भाइ, दिदी-बहिनीहरू, मैले तिमीहरूलाई जुन सुसमाचर भनें त्यसको संझना गराउन चाहन्छु। तिमीहरूले त्यो सुसमाचार पायौ र तिमीहरू त्यसमा दरिलो बनिएका छौ।

गलाती 1:1

पावल, प्रेरितबाट प्रणाम। प्रेरितहुनलाई, मलाई न त मानिसहरूले चुने न म कुनै मानिसद्वारा पठाइएँ। येशू ख्रीष्ट अनि पिता परमेश्वरले नै मलाई प्रेरित नियुक्त गर्नु भएको हो। परमेश्वर नै एक हुनुहुन्छ जसले येशूलाई मृत्युबाट बौराई ल्याउनु भएको थियो।

एफिसी 3:3

परमेश्वरले मलाई आफ्नो गुप्त योजना दर्शाउनु भयो। यसबारे मैले केही लेखिसकेकैछु।

Interlinear

Choose Theme