फारसका राजा आर्टा-जारसेजको को शासनकालमा, यी कुराहरू पछि एज्रा बाबेलबाट यरूशलेममा आए। एज्रा सरायाहका छोरा, अजर्याहका छोरा, हिल्कियाहका छोरा।
Cross references
“प्रधान पूजाहारी हिल्कियाहकहाँ जाऊ। उनलाई भन, मानिसहरूले परमप्रभुको मन्दिरमा चढाएको धन उनले लिनु पर्छ। द्वारपालकहरूले मानिसहरूबाट त्यो धन सग्रह गरेका थिए।
प्रधान पूजाहारी हिल्कियाहले सचिव शापानलाई भने, “सुन, परमप्रभुको मन्दिरमा मैले व्यवस्थाको पुस्तक पाएँ।” हिल्कियाले पुस्तक शापानलाई दिए अनि शापानले त्यो पढे।”
मन्दिरबाट नबूजरदानले लगे मुख्य पूजाहारी सरायाह, अर्का पूजाहारी सपन्याह, तीन जना मानिसहरू जसले प्रवेशद्वारको सुरक्षा गर्ने गर्दथे तिनीहरूलाई पनि लगे।
एलाजार पीनहासका पिता थिए। पीनहास अबीशूका पिता थिए।
अजर्याह हिल्कियाहका छोरा थिए। हिल्कियाह मशुल्लामका छोरा थिए। मशुल्लाम सादोकका छोरा थिए। सादोक मरायोतका छोरा थिए। मरायोत अहीतूबका छोरा थिए। अहीतूब परमेश्वरको मन्दिरका एक मुख्य अधिकारी थिए।
ती मानिसहरू हिल्कियाह, प्रधान पूजाहारी कहाँ आए। तिनीहरूले तिनलाई धन दिए जो मानिसहरूले परमेश्वरका मन्दिरका निम्ति दिएका थिए। लेवी द्वारपालहरूले मनश्शे, एप्रैमका मानिसहरूबाट अनि रहेका सबै इस्राएलीबाट धनसंग्रह गरेका थिए। तिनीहरूले यो धन यहूदा, बिन्यामीन अनि यरूशलेममा बस्ने समस्त मानिसहरूबाट पनि संग्रह गरेका थिए।
हिल्कियाहले सचिव शापानलाई भने, “मैले व्यवस्थाको पुस्तक’ परमप्रभुको मन्दिरमा पाएँ।” हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए।
अनि आर्ट-जारसेजसमयमा बिश्लाम, मित्रदात, ताबेल अनि आफ्ना अन्य सहयोगीहरूले फारसका राजा आर्ट-जारसेजलाई कागजमा लेखेको पत्र आरामी लिपिमाथियो, अनि अरामी भाषामा नै अनुवाद गरिएको थियो।
यहूदीहरूका धर्मगुरूहरू अगमवक्ता हाग्गै अनि इद्दोका छोरा जकर्याह अगमवक्ताको रेखदेखमा निर्माण कार्य सफलता पुर्वक गर्दै गए। इस्राएलका परमेश्वरको आदेश कोरेस, दारा।
किनकि एज्राले स्वयंलाई परमप्रभुको शिक्षको अध्यायन गर्नमा अनि त्यसलाई व्यवहारमा परिणत गर्नमा इस्राएलमा त्यसका सम्बन्धि अध्यादेशहरू अनि कानून सिकाउनमा आफूलाई समर्पण गरेका थिए।
आर्ट-जारसेज, स्वर्गका परमेश्वरका राजाहरूका राजा,व्यवस्थाका विद्वान पूजाहारी एज्रा प्रतिःअभिवादन!
म, राजा आर्ट-जारसेजले यो आदेश पनि ती कोषाध्यक्षहरूलाई दिदंछु जो यूफ्रेटिस नदीपारिका प्रदेशमा छन् कि पूजाहारी, स्वर्गका परमेश्वरका एक विद्वान एज्राले जे भने पनि त्यसलाई पुर्ण परिश्रम सहित गर।
यी तिनीहरूका विस्थापित कुल वंशाका अगुवाहरू ती हुन् जो राजा आर्ट-जारसेज को शासनकालमा मसंग बाबेलदेखिमाथि गए।
बीसौवर्षको नीसान महीना आर्ट-जारसेज शासनको समय जब उनको अघि दाखरस ल्याएको थियो। मैले दाखरस लिए अनि राजालाई दिएँ। आज भन्दा अघि म उहाँको उपस्थितिमा उदासी भएको थिइन्।
समस्त मानिसहरू पानी मूलद्वार अघि चोकमा एकत्रित भए। तिनीहरूले शास्त्री एज्रालाई मोशाको व्यवस्थाको पुस्तक ल्याउनु भने, जो परमप्रभुले इस्राएललाई दिनु भएको थियो।
यसर्थ पूजाहारी एज्राले व्यवस्थाको पुस्तक समूहको समक्ष ल्याए, जो पुरूष अनि स्त्री दुवै, हरेक जसले सुनेका कुरा बुझ्न सक्थे तिनीहरूद्वारा गठन भएको थियो। यो सातौं महीनाको पहिलो दिन थियो।
सरायाहका, हिल्कियाहका छोरा, मशुल्लामका छोरा, सादोकका छोरा, मरायोतका छोरा, अहीतूबका छोरा,
राजाको खास रक्षकहरूको अधिकारीले सरायाह र सपन्याहलाई कैदी बनाएर लगे। सरायाह मुख्य पूजाहारी र सपन्याह दोस्रो पूजाहारी थिए। त्यस बाहेक तीनजना ढोकेहरूलाई पनि कैदीहरू बनाएर लगे।