Home Bibles एज्रा 4:11 · नेपाली बाइबल
एज्रा 4:11 · नेपाली बाइबल

राजा आर्ट-जारसेज प्रति, तपाईंका सेवकहरू, नदी पारिको प्रदेशका मानिसहरू द्वारा।

Cross references

1 राजा 21:8

तब ईजेबेलले केही पत्रहरू लेखिन्। उनले पत्रमा आहाबको नाउँमा सही गरिन्। उनले पत्रहरू बन्द गर्नका लागि आहाबको मोहर प्रयोगगरिन्। त्यसपछि उनले अगुवाहरू र विशेष मानिसहरूलाई पत्र पठाइन् जो नाबोत बसेकै शहरमा बस्ने गर्दथे।

एज्रा 3:3

तिनीहरूले त्यो वेदी त्यसको खास घडेरीमा निर्माण गरे किनभने तिनीहरू आफ्ना वरिपरिका मानिसहरूसित डराएका थिए। अनि तिनीहरूले त्यसमा विहान बेलुकी दुवै पटक अर्पणहरू होमबलिहरु अर्पण गरे।

एज्रा 4:10

अनि सामरियाको शहरहरू र प्रदेशका नदीपारि अन्य स्थानमा बसेका थिए। यो, तिनीहरूले उनलाई पठाएका पत्र को एक प्रतीलिपि हो।

एज्रा 5:6

यो नदी पारि यूफ्रेटिस नदीको पश्चिम को प्रदेशका राज्यपाल तत्तनै अनि शत्तर-बोज्नै र तिनीहरूका सहकारिहरू, नदीपारीको प्रदेशका निरीक्षकहरूले राजा दारालाई पठाएको पत्रको प्रति हो।

एज्रा 7:11

यो पत्रको प्रतिलिपि हो, जो राजा आर्ट-जारसजले पूजाहारी लेखक अनि परमप्रभुबाट विधिका गूरू, एज्रा अनि उसका नियमहरू इस्राएललाई दिएका थिए।

Interlinear

Choose Theme