Home Bibles इजकिएल 5:9 · नेपाली बाइबल
इजकिएल 5:9 · नेपाली बाइबल

म तिमीहरूलाई यस्तो गर्नेछु जुन मैले अघि कहिले गरेको थिइनँ। अनि म त्यो भयानक काम फेरि कहिले पनि गर्नेछैन। किनभने तिमीहरूले धेरै डरलाग्दा कार्यहरू गरेकाछौ।

Cross references

विलाप 4:6

मेरा मानिसका छोरीहरूको पाप सदोम र गोमोरको भन्दा ठूलो छ। सदोम र गोमोर सजिलै सर्वनाश भए। त्यो मानिसको हातबाट सर्वनाश भएको होइन।

विलाप 4:9

जो भोकले मर्नेहरू भन्दा तरवारले काटिएर मर्नेहरू भाग्यमानी हुन्। खानको कमीले मर्नेहरू भन्दा चोटबाट रगत बगेर मर्नेहरू अझ भाग्यमानी हुन्।

इजकिएल 33:29

तिनीहरूले अत्यन्तै भंयकर पापहरू गरेकाछन्। यसकारण म त्यो देश उजाड अनि निर्जन पार्छु। त्यसबेला तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”

दानियल 9:12

“हामीमाथि र यरूशलेममाथि संसारमा कहिल्यै नभएको विपत्ति ल्याएर हामी र हाम्रा शासकहरूको विषयमा भन्नु भएका सबै कुरा तपाईंले पूरा गर्नुभएको छ।

आमोस 3:2

“विभिन्न धेरै परिवारकामानिसहरुले पृथ्वी भरिनेछ। तर ती मध्ये केवल तिमीहरुलाई मैले चिनेकोछु र बिशेष ध्यान दिएकोछु तर तिमीहरु मेरो विरुद्धमा खडा भयौ। यसकारण, मतिमीहरुका सबै पापहरुका निम्ति तिमीहरुलाई दण्ड दिनेछु।”

मत्ती 24:21

किन? किनभने त्यसबेला अत्यन्त दुख हुनेछ।सृष्टिको शुरू भएदेखि अहिलेसम्म संसारमा यस्तो दुख भएको थिएन। पछि कहील्यै पनि भविष्यमा यस्तो दुख आइपर्ने छैन।

Interlinear

Choose Theme