Home Bibles इजकिएल 48:28 · नेपाली बाइबल
इजकिएल 48:28 · नेपाली बाइबल

“गादको भूमि दक्षिणी सीमाना तामारबाट मरीबोत-कादेशको नखलिस्तान सम्म जान्छ। तब मिश्रको खोला महा सागर सम्म पुग्छ।

Cross references

उत्पत्ति 14:7

त्यसपछि राजा कदोर्लाओमेर एनमिशपात (कादेश) फर्किए अनि हस्सोन्तामारमा बोसो-बास गर्ने अमालेकी अनि अमोरीहरूलाई परास्त गरे।

उत्पत्ति 15:18

यस प्रकारले त्यसै दिन परमप्रभुले अब्रामसित एउटा सम्झौता गर्नु भयो अनि भन्नुभयो, “तेरा सन्तानहरूका लागि मात्र म यो घरती दिनेछु।

गन्ती 20:1

पहिलो महीनामा इस्राएलका मानिसहरू जीन मरूभूमिमा आइपुगे। मानिसहरू कादेशमा बसे अनि त्यही मरियम मरिन् र त्यही ठाउँमा गाडे।

गन्ती 20:13

यही ठाँउलाई मरीबाको पानी भनिन्छ जहाँ इस्राएलका मानिसहरूले परमप्रभु अघि विद्रोह गरेका थिए अनि परमप्रभुले यहाँ नै इस्राएली मानिसहरूको बीचमा आफू पवित्र हुँ भन्ने देखाउनु भएको थियो।

गन्ती 34:5

सिमाना अस्मोनबाट मिश्र नदी तिर जानेछ र यो भूमध्य समुद्रमा गई टुङ्गिन्छ।

यहोशू 13:3

भूमि मिश्रको शिहोर नदीदेखि लिएर एक्रोनको सम्म अनि उत्तरतिरको भूमि सम्म छ। भूमि अझ्झै पनि कनानी मानिसहरूद्वारा अधिकार भइरहेको छ। पलिश्तीहरूको पाँच अगुवाहरू गाजी, अश्दोदी, अश्कलोनी, गात अनि एक्रोनलाई नष्ट भएको छैन, न ता अव्वी मानिसहरूलाई,

2 इतिहास 20:2

केही मानिसहरू आए अनि यहोशापातलाई भने, “एदोमबाट एक विशाल सेना तपाईंको विरूद्ध आउँदैछ। तिनीहरू खारा समुद्रको पल्लो छेउबाट आउँदैछन्। तिनीहरू हसासोन-तामारमा आइसकेका छन्।” हासासोन-तामारलाई एन-गदी पनि भनिन्छ।

भजनसंग्रह 106:32

मरीबामा मानिसहरू क्रोधित भए। अनि तिनीहरूले मोशालाई अधर्म काम गर्न लगाए।

यशैया 27:12

त्यसबेला परमप्रभुले आफ्ना मानिसहरूलाई अरूहरूबाट अलग गर्नुहुनेछ। उहाँले यूफ्रेटिस नदीमा शुरू गर्नु हुनेछ। परमप्रभुले आफ्ना मानिसहरूलाई यूफ्रेटिस नदीबाट मिश्रको नदीमा जम्मा गर्नुहुनेछ।तिमीहरू इस्राएलका मानिसहरू एक, एक गर्दै त्यहाँ भेला हुने छौ।

इजकिएल 47:10

तिमी जालहारीहरूलाई लगातार एन-गदीबाट एन-एग्लैम सम्म उभिएको देख्न सक्छौ। तिमी तिनीहरूले आफ्नो माछाको जाल फ्याँकेको देख्नसक्छौ अनि कति प्रकारको माछाहरू समातेको देख्नसक्छौ। खारा समुद्रमा त्यतिनै प्रकारको माछाहरू छन्, जति प्रकारको महा समुद्रमा छन्।

इजकिएल 47:15

“यहाँ जमीनको सीमाना यस प्रकार छ। उत्तरपट्टि यो सीमाना महा-सागरबाट हेतलोन भएर जान्छ जहाँ बाटो हमात अनि सदादा सम्म,

इजकिएल 47:19

“दक्षिण पट्टिको सीमाना तामारबाट लगातार मेरीबा कादेशको नखलि स्थान सम्म जान्छ। त्यसपछि यो मिश्रको खोलाको सहायताले महा सागर सम्मै जान्छ। यो दक्षिणको सीमाना हो।

Interlinear

Choose Theme