Home Bibles इजकिएल 46:16 · नेपाली बाइबल
इजकिएल 46:16 · नेपाली बाइबल

परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “यदि शासकले आफ्नो जमीनको कुनै भाग आफ्नो छोरालाई भेटीको रूपमा दिन्छ भने त्यो उसको हुनेछ। यो उसको सम्पत्ति हो।

Cross references

उत्पत्ति 25:5

अब्राहामको मृत्यु हुनु अघि नै आफ्नो नोकर्नीहरूका छोराहरूलाई केही उपहारहरू दिए अनि तिनीहरूलाई पूर्बतिर पठाइदिए।

2 इतिहास 21:3

यहोशापातले आफ्ना छोराहरूलाई चाँदीका, सुनका अनि बहुमूल्य बस्तुहरूका अनेक उपहारहरू दिए। तिनले यहूदाका सुदृढ किल्लाहरू पनि तिनीहरूलाई दिए। तर यहोशापातले राज्य योरामलाई दिए किनभने योराम तिनका सबै भन्दा जेठा छोरा थिए।योराम यहूदाका राजा

भजनसंग्रह 37:18

परमप्रभुले निर्दोष मानिसहरूलाई जीवनभरि रक्षा गर्नुहुन्छ, तिनीहरूको पुरस्कार सदा-सर्वदाका निम्ति हुनेछ।

मत्ती 25:34

“राजाले आफ्नो दाहीने पट्टि बसेकाहरूलाई भन्नु हुनेछ, ‘आऊ, मेरो पिताले तिमीहरूलाई धेरै आर्शिवाद दिनुभएको छ। आऊ र परमेश्वरले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएको राज्य ग्रहन गर। सृष्टिको शुरूदेखि नै यो तिमीहरूको निम्ति तयार गरिएको थियो।

लूका 10:42

एउटा कुरा चाँहि महत्वपूर्ण हुन्छ। मरियमले आफ्नो लागि कुन असल हो त्यो छानेकी छे अनि त्यो ऊबाट कहिल्यै खोसिनेछैन्।”

यूहन्ना 8:35

दास सदैव मालिकको परिवारसंग बस्दैन। तर छोरो सधैं परिवारसंग बस्छ।

रोमी 8:15

जुन आत्मा तिमीले पाएकाछौ त्यो तिमीलाई फेरि दास बनाउने र डर देखाउने आत्मा होइन। हामीले पाएको आत्माले हामीलाई परमेश्वरका छोरा-छोरी बनाउँछ अनि त्यही आत्मासँगै हामी भन्छौ, “पिता, प्रिय पिता।”

रोमी 8:29

यो संसार बनाउन भन्दा अघिदेखि नै परमेश्वरले ती मानिसहरूलाई जान्नु हुन्थ्यो।अनि परमेश्वरले तिनीहरू आफ्नै पुत्र जस्तै होउन् भन्ने निर्णय गर्नुभयो। त्यसैकारण येशू धेरै दाज्यू-भाईहरू र दिदी-बहिनीहरूमा जेठो हुनुभयो।

गलाती 4:7

यसैकारण, अब तिमीहरू अघि जस्तो कमारा छैनौ। तिमीहरू परमेश्वरको पुत्र हौ। आफूले गरेको प्रतिज्ञा परमेश्वरले पूरा गर्नुहुनेछ किनभने तिमी उहाँको पुत्र हौ।

Interlinear

Choose Theme