त्यसपछि पूजाहारीले त्यसमा रगत छर्किनेछ। त्यसपछि पूजाहारीले बाछा अनि थुमा परमप्रभुलाई होमबलिको रूपमा बलि चढाउनेछ।
Cross references
तिमीले प्रत्येक अन्नबलिमा न्नहालेर ल्याउनुपर्छ। परमेश्वरसित गरेको न्नको करार तिम्रो अन्नबलिबाट हराउनु हुदैन। तिमीले आफ्नो बलि न्नसँगै ल्याउँनुपर्छ।
मानिसहरूले चढाएको कुनै पनि पवित्र उपहारहरू म, परमप्रभुले तिमीलाई दिनेछु। म तिम्रो छोरा-छोरीहरू र तिमीलाई दिनेछु र यो नियम सदासर्वदाको निम्ति लागू हुनेछ। यो परमप्रभुसित गरिएको करार हो र भङ्ग गर्न सकिंदैन। म यो प्रतिज्ञा तिमी र तिम्रा सन्तानहरूसित गर्छु।”
तिमीहरूले यो जान्नु पर्छ कि इस्राएलका परमप्रभु परमेश्वरले दाऊद अनि तिनका छोराहरूलाई सदा सर्बदा इस्राएलका राजा हुने अधिकार दिनु भएको छ। परमेश्वरले दाऊदसित नूनको करार द्वारा यो दिनु भएको हो।
“तिमीहरू पृथ्वीका नून हौ। यदि नूनको स्वाद नै छैन भने, फेरि त्यसलाई नुनिलो के-ले पार्ने र? यदि नूनमा नूनको स्वाद नै छैन भने त्यो ता-फालिन र मानिसका खुट्टाले कुल्चनबाहेक अरू केही कामको हुँदैन।
तिमीहरू प्रत्येक मानिस आगोले दण्डित हुनेछौ।
जब तिमी कुरा गर्छौ नम्रता र बुद्धिमानीसित व्यवहार गर। यस प्रकारले हरेक मानिसलाई ठीकसित उत्तर दिन तिमीहरू योग्य हुनेछौ।