यसकारण तिमी गोठालाहरू हो, परमप्रभुको वचन सुन। परमप्रभु मेरा मालिक भन्नुहुन्छ।
Cross references
परमेश्वर अन्य देवताहरूको सभामा उभिनु हुन्छ। उहाँ त्यस सभाको प्रमुख न्यायकर्ता हुनुहुन्छ।
हे सोदोमका शासकहरू परमप्रभुको सन्देश ध्यान दिएर सुन! गमोराका मानिसहरू परमेश्वरका उपदेशहरू ध्यान दिएर सुन!
तब तिमीहरू तिनीहरूलाई भन्नेछौ, ‘यही नै त परमप्रभुले भन्नुहुन्छ यस देशमा भएका सबै असाहयहरूलाई म जड्याँह जस्तो बनाउने छु। म ती राजाहरूको बारेमा भनिरहेछु जो दाऊदको राजगद्दीमा बस्छन्। म ती पूजाहारीहरू, अगमवक्ताहरू र यरूशलेममा बस्नेहरु सबै मानिसहरूका बारेमा भनिरहेको छु।
यी कुराहरू राजा र राज-मातालाई भन, “राजगद्दीबाट तल झर’ तिमीहरूको गौरवशाली मुकुट तिमीहरूको शिरबाट खसेको छ।”
‘परमप्रभुबाट आएको यो सन्देश सुन, दाऊदको सिंहासनमा बस्ने हे यहूदाका राजा, तिम्रा अधिकारीहरू अनि यी ढोकाहरूबाट पस्ने मानिसहरू।
हे वेश्या! परमप्रभुको वचन सुन।
यसकारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन!
तर परमप्रभुको आत्माले मलाई शक्ति, न्याय, अनि सामर्थ्य दिनुभएको छ। म याकूबलाई उसको अपराध बताउँनेछु। हो, म इस्राएललाई त्यसको पापको बिषयमा भन्नेछु।”
“हे पूजाहारीहरू हो, यो नियम तिमीहरूको निम्ति हो। मेरोकुरा सुन। जे म भन्छु त्यसमाथि ध्यन देऊ। मेरो सम्मान गर।
“शास्त्रीहरू र फरिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू स्वर्गको राज्यमा प्रेवश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ।
यसमा प्रभूले भन्नु भुयो, “तिमी फरसीहरू खाली कचौरा अनि थालको बाहिरा पट्टि मात्र धुन्छौ तर भिन्न चाँहि तिमीहरू लोभ औ दुष्टताले भरिएका छौ।