Home Bibles इजकिएल 33:18 · नेपाली बाइबल
इजकिएल 33:18 · नेपाली बाइबल

यदि कुनै धर्मी मानिसले धार्मिकता त्यागेर पाप गर्न शुरू गर्छ भने, त्यो मानिस मर्नेछ।

Cross references

इजकिएल 3:20

“यो पनि हुन सक्छ कि कुनै राम्रो मानिस राम्रो भइरहनु छोड्छ। किनभने मैले त्यसको पछि केही यस्तो राखेकोछु जसले त्यसलाई पाप गर्न लगाउँछ। त्यसले नराम्रो काम गर्न शुरू गर्छ यसकारण त्यो मर्नेछ। उसले गरेको असल कर्महरू उसको पक्षमा सम्झना गरिनेछैन। त्यो मर्नेछ किनभने त्यसले पाप गर्यो र तिमीले उसलाई चेताउनी दिएनौ। म तिमीलाई उसको मृत्युको उत्तरदायी सम्झनेछु।

इजकिएल 18:26

यदि एउटा धर्मी मानिस बद्लिन्छ अनि पापी बनिन्छ भने उसले आफूले गरेको नराम्रो कामको कारण मर्नु पर्छ।

इजकिएल 33:12

हे मानिसको छोरो! तिम्रो मानिसहरूलाई भन ‘यदि एउटा असल भन्दा असल कामले उसलाई सहातयता गर्ने छैन यदि उसले पाप गर्नु थाल्यो भने। अनि दुष्ट मानिसको दुष्टताले उसलाई पतन गराउने छैन, यदि उसले असल गर्न थाल्छ भने। धर्मी मानिसले यदि पाप गर्न थाले बाँच्न सक्तैन।’

हिब्रू 10:38

जो मसित धर्मी छ उसको विश्वासको कारणले जीवन पाउने छ। तर यदि त्यस मानिसले भयले मुख फर्काउँछ भने म उसित प्रसन्न रहनेछैनँ।”

2 पत्रुस 2:20

ती मानिसहरु संसारका नराम्रा कुराहरुबाट मुक्त तुल्याइएका थिए। तिनीहरुलाई हाम्रा प्रभु अनि उद्धारकर्त्ता येशू ख्रीष्टलाई चिनेर मुक्त गराइएका थिए। तर यदि तिनीहरु अझ ती चीजहरु तिर र्फकिन्छन् अनि तिनीहरुको नियन्त्रणमा रहन्छन् भने तिनीहरुको अहिलेको अवस्था शुरुको भन्दा खराब हुनेछ।

Interlinear

Choose Theme