तिनीहरूले एलाम र उसका सैनिकहरूका निम्ति ओछ्यान लगाइ दिए जो युद्धमा मारिए। एलामका सबै मानिसहरू उसको चिहानको वरिपरि छन्। सबै खतना नभएकाहरू जो युद्धमा मारिए जब तिनीहरू जीवित थिए तिनीहरूले मानिसहरूलाई भएभीत बनाए। तर अहिले तिनीहरू जालसित तल गहिरो खाल्डाभित्र गए। तिनीहरूलाई जो पहिले मारिएका थिए तिनीहरूसितै राखियो।
Cross references
गातमा यो समाचार नभन। अश्कलोनका बाटाहरूमा यो प्रचार नगर ती पलिश्ती शहरहरूले खुशी मनाउँछन् ती विदेशीहरू रमाउने छन्।
तब शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “तेरो तरवार बाहिर निकाल अनि मलाई मार्न प्रयोग गर। तब ती विदेशीहरूले मलाई चोट पुर्याउने छैनन्।अनि मलाई लज्जित बनाउने छैनन् जब तिनीहरू आउँदा।”शाऊलका हतियार बोक्ने डराए। तिनले शाऊललाई मार्न अस्वीकार गरे। तब शाऊलले आफैलाई मार्न आपनै तरवार प्रयोग गरे। तिनी आफ्ना तरवारको चुच्चोमा लडे।
हे परमप्रभु, यदि म स्वर्ग तिर गए तपाईं त्यतै हुनुहुन्छ। यदि म पाताल तर्फ झरे तपाईं त्यतै हुनुहुन्छ।
“मिश्र तिमी अरूभन्दा असल छैनौ। तल मृत्युको ठाँउमा जाऊ। जाऊ अनि बेखतनेहरूसित सुत।
“बलिया अनि शक्तिशाली नेताहरू युद्धमा मारिए। ती खतना नभएका मानिसहरू मृत्युको भूमिमा गए। तिनीहरू मिश्रसित अनि यसको सहायकहरू त्यस ठाउँबाट बात गर्नेछन्।
तिमीहरूले विदेशीहरूलाई मेरो मन्दिरमा ल्यायौ, तिनीहरूको साँच्चै खतना भएको थिएन। तिनीहरू पूर्णरूपले मप्रति समर्पित थिएनन्। यस्तो प्रकारले तिनीहरूले मलाई अपवित्र पारेका थिए। तिमीले आफ्नो करार भङ्ग गर्यौ, भयंकर पाप काम गर्यौ अनि त्यसपछि तिमीले मलाई रोटीको भेटी, बोसो अनि रगत चढायौ। यसरी मेरो मन्दिरलाई अशुद्ध पार्यौ।
परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “एउटा विदेशी जसको खतना भएको छैन, मेरो मन्दिरमा आउँनु हुँदैन। ती विदेशीहरू पनि जो इस्राएलको परिवारहरू बीच स्थायी रूपले बसेका छन् तिनीहरूको पनि खतना अवश्य हुनुपर्छ अनि म प्रति पूर्ण समर्पित हुनुपर्छ, त्यस पश्चात ऊ मेरो मन्दिरमा आउनु पनि सक्छ।
त्यसपछि येशूले मानिसहरूलाई भन्नुभयो, “ तिमीहरूलाई भन्दछु, ए मेरा साथीहरू! मानिसहरूदेखि नडराऊ। मानिसहरूले शरीरको हत्या गर्न सक्छन्, तर त्यो भन्दा वेशी तिनीहरूले केही गर्न सक्तैन।
तब स्तिफनसले भने, “तिमी अट्टेरी यहूदी अगुवाहरू! तिमीहरूले आफ्ना हृदय परमेश्वरलाई दिएका छैनौ! तिमीहरूले उहाँलाई कहिल्यै सुनेनौ! पवित्र-आत्माले तिमीहरूलाई जे भन्नुहुन्छ त्यो तिमीहरूले सधैं विरोध गर्छौ। तिम्रा पुर्खाहरूले त्यसै गरे अनि तिमीहरू उनीहरू जस्तै छौ।
यसर्थ म उसलाई शैय्यामा फलिदिनेछु। अनि सबै मानिसहरु, जो उसित व्यभिचार गर्छन्, तिनीहरुले साह्रै कष्ट भोग्नेछन् यदि उसको दुष्ट जीवन शैली अनुसरण गर्न नछोडे।