मिश्रका नदीहरूको किनारमा धेरै पशुहरूछन्। म ती पशुहरूलाई पनि नष्ट गरिदिन्छु। मानिसहरूले भविष्यमा आफ्नो खुट्टाले पानी मैला पार्नेछैनन्।
Cross references
यसैकारण, परमप्रभु मेरो मालिक भन्नुहुन्छ “म तिम्रो विरूद्धमा तरवार चलाउँछु! म तिम्रो सबै मानिसहरू अनि पशुहरूलाई नष्ट पार्छु।
मिश्र देश पशु तथा मानिस शून्य हुनेछ। कुनै पनि मानिस अथवा पशु चालीस वर्ष सम्म मिश्र भएर यात्रा गर्ने अथवा जीउने छैन्।
म नील नदीलाई सुक्खा जमीन बनाइदिन्छु। तब म सूक्खा जमीन नराम्रो मानिसको हातमा दिन्छु। त्यो देश खाली पार्नका निम्ति म विदेशीहरूको उपयोग गर्नेछु। म परमप्रभुले यो कुराहरू भन्दैछु!”
“हे मानिसको छोरो! फिराऊन मिश्रको राजाको विषयमा यो दुखको गीत गाऊ। उनलाई भन“‘तिमीले सोचेको थियौ तिमी शक्तिशाली जवान सिंह हौ। देशहरूमा घमण्डसँग घुम्दै थियौ तर साँच्चै तिमी एक अजिङ्गर जस्तै हौ। तिमी पानीको प्रवाहलाई ठेल्दै बाटो बनाउँछौ, अनि आफ्नो खुट्टाले पानी छ्याप्दै, नदीहरू माटै-माटो बनायौ। तिमीले मिश्रको नदीहरूलाई उत्तेजित पार्यौ।”‘
तिमीहरूले राम्रो जमीनमा उम्रेको घाँसमा चर्न सक्छौ। यसकारण तिमीहरू त्यो घाँसलाई किन कुल्चिन्छौ जुन अर्को भेडाले खाने इच्छा गरेको हुन्छ। तिमीले पर्याप्त स्वच्छ पानी पिउन सक्छौ। यसकारण तिमीले रहेको पानी आफ्नो खुट्टाले किन मैला पार्छौ?