Home Bibles इजकिएल 29:10 · नेपाली बाइबल
इजकिएल 29:10 · नेपाली बाइबल

यसकारण म तिम्रो विरूद्धमा छु। म नील नदीको खोलाहरूको विरूद्धमा छु। म मिश्रलाई पूर्ण रूपमा नष्ट पार्छु। मिग्दोलदेखि आश्वान सम्म, जहाँ सम्म इथोपियाको सीमाना छ, उजाड भूमि हुनेछ।

Cross references

प्रस्थान 14:2

“इस्राएलीहरूलाई पी-हहीरोत फर्की जानु भन। तिनीहरूलाई भन, मिग्दोल अनि समुद्रको बीचमा बालसपोन कै नजिक छाउनी लगाऊ।’

यर्मिया 44:1

परमप्रभुको सन्देश यर्मियाकहाँ आयो। यो सन्देश मिश्रमा बस्ने मिग्दोल, तहपनेस, मेम्फिस र माथिल्लो मिश्रमा बस्ने यहूदाका मानिसहरूका लागि थियो।

यर्मिया 46:14

“यो सन्देश मिश्र, मिग्दोल, मेमफिस र तहपन्हेसमा घोषणा गरेर यसो भन्, ‘युद्धको लागि तैयार हौ किनभने तिम्रो वरिपरि तरवारले खाँदैछ।’

इजकिएल 29:11

मिश्र देश पशु तथा मानिस शून्य हुनेछ। कुनै पनि मानिस अथवा पशु चालीस वर्ष सम्म मिश्र भएर यात्रा गर्ने अथवा जीउने छैन्।

इजकिएल 30:6

परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ “हो, जसले मिश्रलाई सहायता गर्छ, त्यसको पतन हुन्छ। त्यसको युद्धको घमण्ड नाश हुन्छ। मिग्दोलदेखि आश्वार सम्मको लागि मिश्रका मानिसहरू युद्धमा मारिनेछन्।” परमप्रभु मेरा मालिकले यी कुराहरू भन्नुभयो!

इजकिएल 30:12

म नील नदीलाई सुक्खा जमीन बनाइदिन्छु। तब म सूक्खा जमीन नराम्रो मानिसको हातमा दिन्छु। त्यो देश खाली पार्नका निम्ति म विदेशीहरूको उपयोग गर्नेछु। म परमप्रभुले यो कुराहरू भन्दैछु!”

हबकूक 3:8

हे परमप्रभु के तपाईं नदीहरुको बिरूद्धमा क्रोधित हुनुभयो? के समुद्र तपाईंको क्रोधको पात्र बन्यो? के खोलाहरु प्रति तपाईं क्रोधित हुनुभयो जब तपाईंको बिजयमा घोडाहरु अनि रथहरुमा सवार हुनुभयो, के तपाईं क्रोधित हुनुहुन्थ्यो?

Interlinear

Choose Theme