Home Bibles इजकिएल 27:17 · नेपाली बाइबल
इजकिएल 27:17 · नेपाली बाइबल

“यहूदा अनि इस्राएलका मानिसहरूले तिमीसँग व्यापार गरे। तिनीहरूले तिम्रो व्यापारको माल-समानको सट्टामा गहूँ, भद्राक्ष, अगौटे-नेभारा, मह, तेल र अत्तर दिए।

Cross references

उत्पत्ति 43:11

त्यसपछि तिनीहरूका बाबु इस्राएलले भने, “यदि यो सही रूपमा नै साँचो हो भने, तब बिन्यामीनलाई तिमीहरूसँगै लिएर जाऊ। तर त्यस शासकको निम्ति केही उपहारहरू लैजाऊ। हामीले आफ्नो भूमिमा उब्जाएका चीजहरूबाट केही लिएर जाऊ। केही सुगन्धित मसला, अलिकती मह, अलिकता, सुगन्धित लेप, मूर्र, पेक्ता, र हाडे-बदाम लिएर जाऊ।

व्यवस्था 8:8

त्यो देश जौं, गहुँ, नेभाराको रूख, दाखको बोट, दारिम, भद्राक्षको तेल र महले भरिएको छ।

व्यवस्था 32:14

परमप्रभुले इस्राएललाई गाई-गोरूको बथानबाट र भेडाहरूको बगालबाट घीऊ र दूध दिनु भयो; उहाँले इस्राएललाई मोटा-मोटा थुमाहरू र बाख्राहरू बथानका असल भेडाहरू र अति असल गहुँ दिनुभयो। इस्राएली तिमीहरूले दाखको रातो रस पियौ।

न्यायकर्ता 11:33

तिनले तिनीहरूलाई अरोएर शहरदेखि मिन्नीत शहरसम्म पराजित गरे। यिप्तहले बीसवटा शहरहरू कब्जा गरे। त्यसपछि तिनी अम्मोनी मानिसहरूसित अबेल-करामीकमा लडे। इस्राएलका मानिसहरूले अम्मोनी मानिसहरूलाई पराजित गरे। अम्मोनी मानिसहरूको निम्ति एक भयानक पराजित थियो।

1 राजा 5:9

मेरो सेवकहरूले यी रूखहरू लबानोनदेखि समुद्रसम्म ल्याउनेछन्। तब ती रूखहरू बाँध्नेछु अनि तपाईंले इच्छा गर्नु भएको ठाउँसम्म बगाएर पठाउने छु। त्यहाँ म तिनीहरूलाई जम्मा गर्ने छु अनि तपाईंले तिनीहरूलाई आफ्नो साथ लिएर जान सक्नु हुन्छ।” बद्लामा तपाईंले मेरो घर परिवारको लागि खान पठाईदिनुहोस्।”

2 इतिहास 2:10

काठका निम्ति बृक्षहरू ढाल्ने तपाईंका सेवकहरूलाई म जे दिनेछु त्यो यो हो। म तिनीहरूलाई खानका निम्ति 20,000 मुरीगहुँ, 20,000 मुरी जौं, 20,000 पाथीदाखरस अनि 20,000 पाथी तेल दिने छु।”

एज्रा 3:7

यद्यपि तिनीहरूले त्यसबेला सम्म परमप्रभुको मन्दिरको जग बसाएका थिएनन्। तब तिनीहरूले (मानिसहरू जो फर्की आएका थिए) डकर्मीहरूलाई सिकर्मीहरूलाई पैसा दिए भोजन, पिउने पदार्थ अनि भद्राक्षेको तेल सीदोन र सोरका मानिसहरूलाई दिए जसद्वार तिनीहरूले लबानोन समुद्रद्वारा योप्पामा देवदारका मूढाहरू ल्याउनेछन्। फारसका राजा कोरेसको अनुमति लिएर यसो गरियो।

यर्मिया 8:22

निसन्देह गिलादमा केही औषधी छ। निसन्देह गिलादमा वैद्य छ यसकारण किन मेरा मानिसहरूको चोट निको हुँदैन्?

प्रेरित 12:20

हेरोदे टायर र सायडनवासीहरूसंग अत्यन्त रिसाएका थिए। यसर्थ तिनीहरू एक समूहको रूपमा हेरोदकहाँ आए। तिनीहरूले हेरोदका निजी सेवक बलस्तको सहयोग प्राप्त गरे अनि हरोदलाई शान्तिको लागि बिन्ती गरे। किनभने तिनीहरूले राजा हेरोदको देशबाट नै भोजन प्राप्त गर्दै थिए।

Interlinear

Choose Theme