बाबेलको राजा तिम्रो शहरबाट घोडसवार गरेर निस्कनेछ। उसको घोडाको टापहरूले तिम्रो सबै सडकहरू कुल्चीमिल्ची पार्दै आउने छ। त्यसले तिम्रो मानिसहरूलाई तरवारले मार्नेछ। तिम्रो शहरको बलिया-बलिया खम्बाहरू जमीनमा ढल्नेछ।
Cross references
शत्रुको काँडहरू तीखा-तीखा छन्। तिनीहरूको सबै धनुहरु हिर्काउनलाई तयार छन्। घोडाका खुट्टाहरू ढुङ्गाहरू जत्तिकै कडा छन्। तिनीहरूका रथका चक्काहरू आँधीबेरी जस्तै उडनेछन्।
तर परमप्रभुले अंहकारी शहरहरू ध्वंश गर्नुहुनेछ। अनि त्यहाँ बसिरहेका मानिसहरूलाई दण्ड दिनुहुनेछ। परमप्रभुले, त्यो उच्च शहरलाई भूईंमा झारि दिनुहुनेछ यो धुलोमा खस्ने छ।
नबूकदनेस्सरले मिश्रको सूर्य देवको मन्दिरमा रहेको स्मृति ढुङ्गाहरू नष्ट गर्नेछ जुन मिश्रमा सूर्य-देवताको मन्दिरमा छ। उसले मिश्रका जम्मै मन्दिरहरू र देवताहरूलाई आगो लगाइदिनेछन्।”‘
“भूमिमा युद्धको झण्डा उठाऊ। सबै जाति-जातिहरूमा युद्धको तुरही फुक। जातिहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्नलाई तैयार पार। अरारत, मिन्नी र अशकनज राज्यहरूलाई बाबेलको विरूद्ध लडाइँ गर्न डाक। उसको विरोधमा सेना संचालन गर्न एकजना कप्तान नियुक्त गर। संख्यामा सलहसरह घोडाहरू त्यहाँ पठाऊ।
तिनीहरुका घोडाहरु चितुवाहरु भन्दा पनि छिटो दौडने हुन्छन्। अनि सूर्य अस्ताएपछि निस्केका ब्वाँसाहरु भन्दा पनि डर लाग्दा हुन्छन्। उनीहरुका घोडसवार सैनिक सुदूर स्थानबाट आउँछन्। तिनीहरुले तिनीहरुको शत्रुहरुमाथि यस्तो आक्रमण गर्छन् जस्तो कि आकाशबाट चील शिकारमाथि हानिन्छ।