Home Bibles ☰ Books इजकिएल 25:5 · नेपाली बाइबल
इजकिएल 25:5 · नेपाली बाइबल

“‘म रब्बा शहरलाई ऊँटहरू चर्ने ठाँउ अनि अम्मोनको भूमिलाई भेडाहरूको खोर बनाइदिन्छु। त्यसबेला तिमीले जान्नेछौ म नै परमप्रभु हुँ।

Cross references

व्यवस्था 3:11

बाशानका राजा ओग रपाई मानिसहरूमा बाँचेकाहरूमध्ये एक जना थिए। ओगको पलङ्ग फलामको थियो यो तेह्र फीट लामो अनि छ फीट चौंडाको थियो। अम्मोनीहरू बसोबास गर्ने शहर रब्बामा त्यो पलङ्ग अझसम्म छ।

2 शमूएल 12:26

रब्बा शहर अम्मोनीहरूको राजधानी थियो। योआबले रब्बामाथि लडाईं गरेर अधिकार जमाए।

भजनसंग्रह 83:18

तब मात्र तिनीहरूले तपाईंलाई परमेश्वर भनेर मान्नेछन्। तिनीहरूले तपाईंको नाम यहोवा भनेर जान्नेछन् तपाईं सर्वोच्च परमेश्वर भनेर जान्ने छन्। सारा संसारका परमेश्वर भनेर चिन्ने छन्।

यशैया 17:2

मानिसहरू अरोएर शहरहरूमा त्यागेर जानेछन्। भेंडाका बथानहरू ती शुन्य शहरहरूमा स्वतंत्र भएर घुम्नेछन्; त्यहाँ तिनीहरूलाई सताउने कोही पनि हुने छैन्।

यशैया 32:14

मानिसहरूले प्रमुख शहर छोडेर जानेछन्। तिनीहरूले राजमहल र रक्षा धरहराहरू छोडनेछन्। मानिसहरू घरहरूमा बस्ने छैनन्। तिनीहरू ओडारहरूमा बस्नेछन्। जंगली गधाहरू र भेडाहरू शहरमा बस्नेछन् अनि त्यहाँ घाँस खान पशुहरू जानेछन्।

यशैया 37:20

तर तपाईं परमप्रभु हाम्रो परमेश्वर हुनुहुन्छ। यसैले कृपा गरेर हामीलाई अश्शूरका राजाबाट बचाउनु होस्। तब सारा जातिहरूले जान्ने छन् कि तपाईं हाम्रो परमप्रभु हुनुहुन्छ, अनि तपाईं मात्र परमेश्वर हुनुहुन्छ।”

इजकिएल 21:20

जुन बाटो तरवारले प्रयोग गर्छ त्यसलाई देखाउन संकेत प्रयोग गर। एउटा बाटोले रब्बा अम्मोनी शहर अनि अर्को यहूदा यरूशलेमको बलियो शहर तिर लैजान्छ।

इजकिएल 21:25

अनि इस्राएलका दुष्ट शासकहरू! तिमीहरू मारिनेछौ, तिम्रो दण्डको समय आई सक्यो। अब अन्त छेउमा छ!”

इजकिएल 24:24

यसकारण इजकिएल तिम्रो निम्ति एउटा उदाहरण हो। तिमीले त्यही सब गर्नेछौ जुन उसले गर्यो। दण्डको समय आउँनेछ अनि तिमीहरूले थाहा पाउँनेछौ ‘म नै परमप्रभु हुँ।”‘

इजकिएल 25:8

परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ “मोआब र सेइर एदोमले भन्छ, ‘यहूदाको घराना ठीक अन्य कुनै राष्ट्रहरू जस्तो छ।’

इजकिएल 26:6

मूल प्रदेशमा उसको छोरीहरू (सानो शहर) युद्धमा मारिनेछन्। त्यसपछि तिनीहरूले थाहा पाउँनेछन् कि म नै परमप्रभु हुँ।”

इजकिएल 30:8

म मिश्रमा आगो लगाउँछु अनि त्यसको सबै सहायकहरू नष्ट हुनेछन्। त्यसपछि तिनीहरूले थाहा पाँउनेछन् म नै परमप्रभु हुँ।

इजकिएल 35:9

म तिमीलाई सधैंको लागि खाली गरिदिन्छु। तिम्रो शहरहरूमा कोही पनि हुनेछैन। त्यसपछि तिमीले सम्झन्छौ कि म नै परमप्रभु हुँ।”

Interlinear

Choose Theme