Home Bibles ☰ Books इजकिएल 25:16 · नेपाली बाइबल
इजकिएल 25:16 · नेपाली बाइबल

यसैकारण परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म पलिश्तीहरूलाई दण्ड दिन्छु। हो म करेतीहरूबाट तिनीहरूलाई नष्ट पार्छु। म समुद्रको किनारमा बस्ने ती सबै मानिसहरूलाई सम्पूर्ण रूपमा नष्ट पार्छु।

Cross references

1 शमूएल 30:14

हामीले नेगेव इलाकामा आक्रमण गर्यौं जहाँ करेतीहरू बस्थे। हामीले यहूदा र नेगेवमा आक्रमण गर्यौ जहाँ कालेबी जाति बस्थे। हामीले सिकलगलाई जलायौ।”

2 शमूएल 15:18

त्यहाँ देखि सबै अधिकारीहरू राजाको अघि लागे। अघाडी 600 गित्तीहरू राजासित आए। गातमा उनी बसेको समय देखि त्यहाँ तिनीहरू उनिसँग थिए अनि करेतीहरू र पलेतीहरू राजाको अघाडी गए।

यर्मिया 47:1

यो सन्देश पलिश्ती मानिसहरूका बारेमा अगमवक्ता यर्मियालाई परमप्रभुबाट आयो। यो सन्देश फिरऊनले गाजा शहरमा आक्रमण गर्न अघि नै आएको थियो।

इजकिएल 25:7

यसकारण म तिमीलाई दण्ड दिन्छु। म जातिहरूलाई युद्धमा लुटिएको सामान झैं अन्य देशलाई दिनेछु। म तिमीहरूलाई जातिहरूको बीचबाट निकाल्नेछु तिमीहरू देशबाट लागिनेछौ। तिमीहरू टाढा देशमा मर्नेछौ। म तिमीहरूको देशलाई नष्ट पार्नेछु! त्यसपछि तिमीहरूले थाहा पाउँनेछौ म नै परमप्रभु हुँ।”‘

इजकिएल 25:13

यसैकारण परमप्रभु मेरो मालिक भन्नुहुन्छ “म एदोमलाई दण्ड दिन्छु। म एदोमको मानिसहरू अनि पशुहरूलाई नष्ट पार्छु। म एदोमको पूरै देश तेमानदेखि दान सम्म नष्ट पार्छु। एदोमीहरू युद्धमा मारिनेछन्।

सपन्याह 2:4

गाजा शहरमा कोही पनि बाँच्नेछैन्। अश्कलोन नष्ट हुनेछ। मानिसहरूलाई अशदोद मध्य दिनमा त्याग्न विवश गरिनेछ। एक्रोन चाहिं उजाड हुनेछ।

Interlinear

Choose Theme