यसको अतिरिक्त उसले मिश्रसित आफ्नो प्रेम-व्यापार छोडी। मिश्रले त्योसित त्यस बेला प्रेममा फस्यो जब ऊ कुमारी थिई। मिश्र उसको स्तन छुने पहिलो प्रेमी थियो। मिश्रले तिनीमाथि आफ्नो झूटो प्रेम गर्थ्यो।
Cross references
हारूनले तिनीहरूबाट सुन लिए, पगालेर यसको एउटा बाछोको मूर्ति बनाए अनि उनले यसलाई सुनले मोहरी दिए।तब मानिसहरूले भने, “हे इस्राएल यिनीहरू तिमीहरूको देवताहरू हो जसले तिमीहरूलाई मिश्र बाहिर ल्याए।”
यसकारण राजाले आफ्ना सल्लाहकारहरूलाई के गर्नु पर्ने हो भनी सोधे अनि दुइवटा सुनको बाछाहरू बनाए। राजा यारोबामले उसका मानिसहरूलाई भने, “तिमीहरूले आराधना गर्नका लागि यरूशलेम जानु पर्दैन। हे इस्राएली हो, यी ती देवताहरू हुन् जसले तिमीहरूलाई मिश्रबाट ल्याए।”
तर येहू नबातको छोरा योराबामको पाप कार्यबाट सम्पूर्ण रूपले टाढिन सकेन जसले इस्राएलमा पाप गराएका थिए। येहूले बेतेल र दानमा सुनका बाछाहरूलाई नष्ट पारेनन्।
मानिसहरूले आफ्ना परमेश्वरको आदेश अनुसरण गर्न बन्द गरे। तिनीहरूले दुइवटा सुनको बाछाका मूर्तिहरू बनाए। तिनीहरूले अशेरा खाँबो बनाए। तिनीहरूले आकाशका सबै ताराहरूको पूजा गरे अनि बालको सेवा गरे।
“मैले इस्राएलको परिवारसित तिनीहरूको डरलाग्दा मूर्तिहरू फ्याँकि दिनु भनें। मैले त्यो मिश्रको नराम्रो प्रतिमाहरूसित तिनीहरूलाई नराम्रो नहुनको लागि भनें। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”
तिनीहरू मिश्रमा त्यस बेला वेश्या भए जब सानो बहिनी एकदमै सानो थिई। मिश्रमा तिनीहरूले पहिलो प्रेम गरे अनि मानिसहरूले आफ्नो हातले तिनीहरूको स्तनलाई छुए।
ओहोलिबाले घरि-घरि मलाई धोका दिइरही अनि उसले आफ्नो प्रेम-व्यापार याद गरि जुन उसले युवावस्थामा मिश्रमा गरेकी थिई।
“ओहोलिबा, तिमीले आफ्नो ती दिनहरू याद गर्यौ जब तिमी युवती थियौ, जब तिम्रो प्रेमीले तिम्रो स्तन छुन्थे अनि युवावस्थाका स्तन माडेका थिए।
तिमीले त्यही कचौराबाट विष पिउनेछौ। तिमीले त्यसको अन्तिम थोपा सम्म पिउँनेछौ। तिमीले कचौरा फ्याँकेर त्यसलाई टुक्रा-टुक्रा बनाउनेछौ अनि तिमीले आफ्नो छाती जथा भावी पिट्नेछौ। यो हुनेछ किनकि म परमप्रभु अनि मालिक हुँ अनि मैले यी कुराहरू भनें।