तिमी राम्रो ओछ्यानमा बस्यौ, जसको छेउमा टेबलमा राखिएको थियो। तिमीले मेरो सुगन्धित धूप अनि तेल त्यही टेबलमा राख्यौ।
Cross references
नीला अनि सेता सुतीका पर्दाहरूको घेरामा मलमलको डोरी अनि बैजनी लुगा, चाँदीका खामाहरू संगर्ममरको ढुङ्गाहरू थिए। तलमाथि बुट्टा बनाईएका राता सेता मोती अनि मुल्यावान पत्थर लाएको अनि चाँदीका आराम-आसनहरू राखिएका थिए।
मैले मेरो ओछ्यानमा मिश्रदेशको रंगीन च्यादरले सजाएकीछु।
तिमी प्रत्येक पहाड र अल्गो पर्वतमा जान्छौ र ती ठाँहरूमा बलि चढाउँछौ।
“तर तिमीहरूले परमप्रभुलाई त्याग्यौ, यसैले तिमीहरू दण्डित हुनेछौ। तिमीहरूले मेरो पवित्र पर्वत भुल्यौ। तिमीहरूले भाग्यलाई मान्न थाल्यौ। तिमीहरूले झूटो देवताहरूको भाग्य-देवलाई मान्न थाल्यौ।
हामीले स्वर्गकी रानीलाई बलिदानहरू चढाउछौ भनी प्रतिज्ञा गरेका छौं र हामीले जे प्रतिज्ञा गरेका छौं त्यही गर्ने छौं। हामी बलिदानहरू चढाएउँछौ अनि उनको पूजामा हामी उनलाई अर्घबलि खनाउछौं। पहिले पनि हामीले यसै गरेका थियौं हाम्रा पिता-पुर्खाहरू, हाम्रा राजाहरू तथा हाम्रा अधिकारीहरूले विगतमा त्यसै गरे। यहूदा शहर र यरूशलेमको गल्लीहरूमा पनि हामीले त्यसै गरयौं। त्यस समयमा हामीले स्वर्गकी रानीको पूजा गर्यौ र हामीसँग प्रशस्त भोजनहरू थियो। हामी सफल भयौं हामीलाई केही भएको थिएन्।
अनि तब मात्र तिमीहरूले थाहा पाउने छौ कि म परमप्रभु हुँ।” तिमीले यो त्यति बेला सम्झने छौ जब तिमी आफ्नो लाश अपवित्र मूर्तिहरूको छेऊ अनि वेदीहरूको चारैतिर देख्नेछौ। ती शरीरहरू तिमीहरूका प्रत्येक पूजा स्थानहरूका ठाउँमा प्रत्येक पहाड तथा प्रत्येक हरियो फल नलाग्ने रूख अनि त्यस रूखको मुनि लाश हुनेछ। ती सबै ठाँउमा तिमीहरूले आफ्नो बलि चढाएकाछौ।
त्यसपछि तिमीले सुन्दर लुगा लियौ अनि ती मूर्तिलाई लगाई दियौ। तिमीले सुगन्धि धूप अनि बत्ती लियौ जुन मैले तिमीलाई दिएको थिएँ, अथवा त्यसलाई ती देवमूर्तिहरू अगाडी चढायौ।
“तिनीहरू मेरो पवित्रस्थानमा प्रवेश गर्नेछन्। तिनीहरू मेरो टेबलको छेउमा मेरो सेवा गर्न आउँनेछन्। तिनीहरूले ती चीजहरूको हेरचाह गर्नेछन् जुन मैले तिनीहरूलाई दिएँ।
“त्यो तिनीहरूलाई थाहा छैन म नै अन्न दाखरस र तेल दिने हुँ। मैले तिनलाई धेरै सुन र चाँदीहरू दिइरहें। तर इस्राएलीहरूले मैले दिएकै सुन र चाँदीबाट बालका मूर्तिहरू बनाउँन थाले।
तिनीहरुले गरीब मानिसबाट उनीहरुको लुगा बन्धक लिए अनि ती लुगाहरुतिनिहरुले मूर्ति आराधना गर्दा लगाए। तिनीहरुले मानिसहरुलाई जरिवाना तिर्न बाध्य गराए र त्यस पैसाबाट तिनीहरुले दाखरस किने र तिनीहरुका देव-मन्दिरमापिए।
हाय! हेर तिमीहरु आफैलाई हेर, जो आरामदाई पलङ्गमा सुत्छौ अनि सोफामा आफै तन्कन्छौ। यिनीहरु नै हुन् जो बथानवाट थुमाहरु खान्छन् र गाईकोबथानबाट बाछो खन्छन्।
परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरो बेदीमा अशुद्ध रोटी ल्याउँछौ।”तर तिमीहरू भन्छौ, “त्यो रोटी कसरी अशुद्ध भयो?”परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले मेरो बेदीलाई सम्मान गर्दैनौ।