Home Bibles इजकिएल 23:33 · नेपाली बाइबल
इजकिएल 23:33 · नेपाली बाइबल

तिमी मतवाला मानिस जस्तै लडबडाउनेछौ। तिमी ज्यादै अस्थीर हुनेछौ। यो ध्वंश अनि सर्वनाश हो। यो त्यही कचौरा जस्तै हो, जुन तिम्रो दिदी सामरियाले पिएकी थिई।

Cross references

यशैया 51:17

जाग जाग! यरूशलेम, उठ! परमप्रभु तिमीहरूमाथि अति क्रोधीत हुनु हुन्थ्यो। यसैकारण तिमीहरू दण्डित भयौ। यो दण्ड एक कचौरा विष जस्तो थियो, तिमीहरूले पीउनु नै पर्थ्यो अनि तिमीहरूले यसलाई पियौ।

यशैया 51:22

तिमीहरूका परमेश्वर र मालिक, परमप्रभु, आफ्ना मानिसहरूका लागि लड्नु हुन्छ उहाँले तिमीहरूलाई भन्नु हुन्छ, “हेर, म यस विषको कचौरालाई तिमीहरूबाट टाढा हटाइरहेछु। म मेरो क्रोध तिमीहरूबाट टाढा लागिरहेछु। मेरो क्रोधको कारणले अब उप्रान्त तिमीहरू दण्डित हुने छैनौ।

यर्मिया 25:15

परमप्रभु, इस्राएलका परमेश्वरले मलाई यी कुराहरू भन्नुभयो “यर्मिया, यो कचौरोको दाखरस मेरो हातबाट लेऊ। यो मेरो क्रोधको दाखरस हो। म तिमीलाई विभिन्न जातिहरूमा पठाई रहेछु। ती जातिहरूलाई यही प्यालाबाट पियाऊ।

यर्मिया 25:27

“यर्मिया! सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले के भन्नुहुन्छ, ती जातिहरूलाई भनिदेऊ यसकारण परमप्रभुले भन्नुहुन्छ, ‘पिऊ, मात, वान्त गर र लड अनि नउठ किनभने म तिमीहरूका माझमा तरवार पठाइरहेछु।’

हबकूक 2:16

“तर त्यलाई परमप्रभुको क्रोधको बिषयमा ज्ञान हुन्छ। त्यो क्रोध विषको एउटा बोटुको समान हुन्छ जुन परमप्रभुले आफ्नो दाहिने हातमा लिनुभएको छ। त्यस मानिसले त्यो क्रोधको विष चाख्नु पर्छ। तब त्यो कुनै मातेको मानिस झैं मैदानमा लड्नेछ।“हे दुष्ट शासक तिमीले विषको त्यो बोटुको पिउनेछौ। तिमीले इज्जत हैन लाज पाउँनेछौ।

Interlinear

Choose Theme