Home Bibles ☰ Books इजकिएल 22:21 · नेपाली बाइबल
इजकिएल 22:21 · नेपाली बाइबल

म तिमीलाई त्यो आगोमा हाल्छु अनि म आफ्नो क्रोधको आगो फुक्छु अनि तिमी पग्लिन थाल्छौ।

Cross references

व्यवस्था 4:24

किन? किनभने, अरू देवता मान्ने मानिसहरूसित परमप्रभु तिमीहरूका परमेश्वर रिसाएर आगो भई जलाएर नष्ट पार्नु हुनेछ।

व्यवस्था 29:20

परमप्रभुले त्यस्ता मानिसलाई माफ गर्नु हुन्न। परमप्रभुको रीस र डाहाले त्यस्ता मानिस भष्म हुन्छन्। व्यवस्थाको पुस्तकमा लेखिएका सबै नराम्रा कुराहरू त्यसमाथि पर्नेछन् र परमप्रभुले त्यसलाई ध्वंश पारी त्यसको नाउँ निशाना पृथ्वीबाट लोप गराउनु हुनेछ।

व्यवस्था 32:22

मेरो रीस आगो जस्तै बल्नेछ। चिहानको तल्लो सतहसम्म बलेर। पृथ्वी अनि यसका अरू चिज नष्ट गर्दै बलेर पहाडको तलसम्म जलाई दिन्छु।

2 राजा 25:9

नबूजरदानले परमप्रभुको मन्दिर, राजाको महल र यरूशलेमका सबै घरहरू जलाए। उनले मुख्य मानिसहरूका घरहरू पनि जलाए।

भजनसंग्रह 21:9

हे परमप्रभु, तपाईं जब राजासँग हुनुहुन्छ, उनी तातो चूल्हा जस्तो हुन्छन्। जसले प्रत्येक कुरा दिंदछन्। आफ्नो क्रोधको ज्वालामा सबै शत्रुहरूलाई नष्ट पार्छ।

भजनसंग्रह 50:3

हाम्रो परमेश्वर आउनु हुँदैछ। अनि उहाँ चुपचाप बस्नु हुने छैन। उहाँको अघि आगो बल्छ। उहाँको वरिपरि ठूलो आँधी छ।

भजनसंग्रह 68:2

हावाले धूवाँलाई फुके जस्तै तपाईंको शत्रुहरू यत्रतत्र छरिनु परोस्। मैन अगोमा पग्लिए जस्तै तपाईंको शत्रुहरू नष्ट होस्।

भजनसंग्रह 112:10

दुष्ट मानिसहरू त्यस्तो देखेर क्रोधित हुन्छन्। तिनीहरूले रीसमा आफ्ना दाँतहरू कडकडाउँछन। तर त्यसपछि तिनीहरू अल्पिने छन्। दुष्ट मानिसहरूले आफुले चाहेका कुराहरू पाउने छैनन्।

यशैया 30:33

धेरै पहिले देखि नै तोपेतलाई तयार पारिएको छ। यो राजाको लागि तयार छ। यो एकदम गहिरो र चौडावाला थियो। त्यहाँ दाउराको थाक र आगो छ। अनि परमप्रभुको सास बलिरहेको गन्धकको तूफान जस्तै आउँने छ अनि यो बल्नेछ।

यशैया 64:2

पर्वतहरू आगोको रापमा झारपातहरू जलिरहे जस्तो जल्ने थिए। पर्वतहरू आगोमाथि पानी जस्तै उम्लिने थिए। तब तपाईंका शत्रुहरूले तपाईंको बारेमा जान्नेथिए। तब सारा जातिहरू तपाईंलाई देख्दा डरले काम्ने थिए।

यशैया 64:7

हामी तपाईंलाई पूज्दैनौं। हामी तपाईंको नाउँमा विश्वास गर्दैनौं। हामी तपाईंलाई अनुसरण गर्न उत्साहित हुँदैनौं। यसकारण तपाईं हामीदेखि टाढा हुनु भएकोछ। हामी तपाईं समक्ष असहाय छौं, किनभने हामी पापै पापले भरिपूर्ण छौं।

यर्मिया 9:7

सेनाहरूका परमप्रभु भन्नहुन्छ “म तिनीहरूलाई शुद्ध पार्छु र परीक्षा गर्छु।मेरोमा अन्य तरिका छैन। मेरा मानिसहरूले पाप गरे।

यर्मिया 21:12

हे दाऊदको घराना! परमप्रभु भन्नुहुन्छ ‘मानिसहरूलाई निष्पक्ष न्याय गर र अत्याचारमा परेकाहरूलाई अत्याचारीहरूबाट संरक्षण गर। यदि तिमीहरूले त्यसो गरेनौ भने रीसले म निभाउनु नसकिने आगो झैं हुनेछु। यो साँचो हुनेछ कारण तिमीहरूले धैरे दुष्कर्महरू गरेकाछौ।’

Interlinear

Choose Theme