Cross references
यर्मिया 12:12
मरूभूमिको पहाडमाथि ध्वंशकहरू आउँछन्। यो भूमिको एक कुनादेखि अर्को कुना सम्म परमप्रभुको तरवारले सम्पूर्ण नष्ट पार्नेछ। कुनै जीवित वस्तु सुरक्षित रहने छैन।
इजकिएल 14:17
परमेश्वरले भन्नुभयो, “अथवा त्यस देशको विरूद्ध लड्नका निम्ति म शत्रुका सेना पठाउँन सक्छु। ती सैनिकले त्यो देश नष्ट पारिदिन्छन्। म त्यस देशको सबै मानिसहरू अनि जनावरहरूलाई बाहिर निकालिदिन्छु।