Home Bibles इजकिएल 21:26 · नेपाली बाइबल
इजकिएल 21:26 · नेपाली बाइबल

परमप्रभु मेरो मालिक यो संदेश दिनुहुन्छ, “फेटा उठा। मुकुट उठा! परिवर्तनको समय आइपुग्यो। महत्वपूर्ण चीजहरू तल ल्याइनेछ अनि जो मानिसहरू महत्वपूर्ण छैनन् तिनीहरू महत्वपूर्ण बनिनेछन्।

Cross references

न्यायकर्ता 17:5

मीकाको मूर्तिहरू पूजा गर्ने एउटा मन्दिर थियो। उसले एउटा एपोद अनि केही घर-मूर्तिहरू बनाए। तब मीकाले आफ्ना एकजना छोरालाई पूजाहारी बन्न छाने।

1 शमूएल 2:7

परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ, अनि उहाँले नै धनी बनाउनुहुन्छ, परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ र फेरि उच्च आसनमा बसाउनुहुन्छ।

2 राजा 25:6

बाबेलीहरूले राजा सिदकियाहलाई रिब्लामा बाबेलका राजा कहाँ लगे। बाबेलीहरूले सिदकियाहलाई सजाय दिने निश्चय गरे।

2 राजा 25:27

पछि एबील-मरोदक बाबेलका राजा भए। उनले यहूदाका राजा यहोयाकीनलाई बन्दीगृहबाट मुक्त गरिदिए। यो घट्ना यहोयाकीन पक्राउ परेपछि, सत्ताईस दिन बाह्रा महीना सैंतीसौं वर्षमा भएको थियो। यो एबील-मरोदकको शासनको शुरूको वर्षमा भएको घट्ना हो।

भजनसंग्रह 75:7

परमेश्वर नै न्यायकर्ता हुनुहुन्छ। अनि उहाँले नै को महत्वपूर्ण हुनेछ भन्ने कुराको निर्णय गर्नुहुन्छ। परमेश्वरले एक व्यक्तिलाई उठाएर उसलाई महत्वपूर्ण बनाउनु हुन्छ, उहाँले नै कसैलाई तल झारेर उसलाई महत्वहीन पार्नुहुन्छ।

भजनसंग्रह 113:7

परमेश्वरले हीन अवस्थाबाट गरीबहरूलाई माथि उठाउनु भयो। परमेश्वरले भिखारीहरूलाई मैला फ्याँक्ने ढवाङ्गबाट निकाल्नु भयो।

यशैया 47:12

तिमीले टुना-मुना र तन्त्र-मन्त्र सिक्नलाई तिम्रो जीवनमा अत्यन्त परिश्रम गर्यौ। यसकारण तिम्रो टुना-मुना र तन्त्र-मन्त्र प्रयोग गर्न शुरू गर्यौ। हुनसक्छ तिम्रो टुना-मुनाले तिमीलाई साथ देला हुनसक्छ। तिमीले कसैलाई भयग्रस्त पार्न सक्छौ।

यर्मिया 13:18

यी कुराहरू राजा र राज-मातालाई भन, “राजगद्दीबाट तल झर’ तिमीहरूको गौरवशाली मुकुट तिमीहरूको शिरबाट खसेको छ।”

यर्मिया 39:6

रिबला शहरमा बाबेलका राजाले सिदकियाहका छोरो र सबै मुख्य मानिसहरूलाई तिनकै उपस्थितिमा मारे।

यर्मिया 52:9

बाबेलका सेनाले राजा सिदिकयाहलाई पक्रे अनि तिनीहरूले उसलाई हमातको देश रिब्लामा बाबेलका राजाकहाँ ल्याए। रिब्लामा बाबेलका राजाले राजा सिदकियाहमाथि आफ्नो निर्णय सुनाए।

यर्मिया 52:31

यहूदाका राजा यहोयाकीनले बाबेलमा सैतीस वर्ष कैदी जीवन बिताए। यहोयाकीनको कैदीकालको सैंतीस वर्षमा बाबेलका राजा एवील-मरोदकले अति दया साथ यहोयाकीनलाई कैदबाट मुक्त गराए। यो त्यही वर्ष थियो जब एवील-मरोदकका राजा भएका थिए।

विलाप 5:16

मुकुट हाम्रो टाउकोबाट झरेर गयो। हामीले गरेको पापको कारणले, हामीमा खराब समय आएकोछ।

इजकिएल 12:12

तिमीहरूका अगुवाहरूले आफ्नो सामन उस्कै काँधमा लैजानेछन्। उसले भित्तामा प्वाल बनाई गुप्त रूपमा भागेर जाने छन्। उसले आफ्नो मुख छोप्नेछ ताकि उ कहाँ जादैछ आफ्नो आँखाले देख्दैन।

इजकिएल 16:12

मैले तिमीलाई नाकमा एउटा मुन्द्री, कानमा झुम्का अनि शिरमा राम्रो शिरपेच लगाइदिएँ।

इजकिएल 17:24

“तब अर्को वृक्षले थाहा पाउँछ कि म अग्लो रूखलाई भूईंमा लडाई दिन्छु अनि म सानो रूखलाई बढाउँछु। त्यसलाई लामो बनाउँछु म हरियो रूखलाई सुकाई दिन्छु। म सुकेको रूखलाई हरियो बनाई दिन्छु म परमप्रभु हुँ। यदि मैले गर्छु भने पछि त्यो निश्चय गर्नेछु।”

लूका 1:52

उहाँले शक्तिशाली शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ, अनि नम्रहरूलाई उचाल्नु भएकोछ।

Interlinear

Choose Theme