Home Bibles इजकिएल 20:15 · नेपाली बाइबल
इजकिएल 20:15 · नेपाली बाइबल

मैले मरूभूमिमा ती मानिसहरूसित एउटा शपथ ग्रहण गरें। मैले शपथ खाएँ कि मैले तिनीहरूलाई त्यस प्रदेशमा ल्याउँदिन। जुन म उनलाई दिंदैछु। त्यो धेरै चीजहरूले भरिएको छ। एउटा राम्रो प्रदेश थियो। यो सबै देश भन्दा ज्यादा सुन्दर थियो।

Cross references

गन्ती 14:23

यी सब मानिसहरूले मैले तिनीहरूको पुर्खाहरूसित दिन्छु भनी शपथ गरेको भूमि देख्न पाउने छैनन्।

गन्ती 26:64

धेरै दिन अघि सिनै मरूभूमिमा मोशा र हारूनले जुन इस्राएली मानिसहरूको गन्ती गरेका थिए तिनीहरू मरिसके अनि तिनीहरूमा कोही पनि जीवित थिएनन्।

व्यवस्था 1:34

“तिमीहरूले के भन्यौ परमप्रभुले सुन्नु भयो र क्रोधित हुनुभयो। उहाँले प्रतिज्ञा गर्दै भन्नुभयो,

व्यवस्था 1:35

तिमी दुष्ट मानिसहरू मध्ये कसैले पनि मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको प्रतिज्ञा अनुसार त्यस असल देशमा पस्न पाउने छैन।

भजनसंग्रह 95:11

यसैले मेरो रीसमा तिनीहरू मेरो विश्रामको भूमिमा पस्ने छैनन भनी मैले प्रतिज्ञा गरें।”

भजनसंग्रह 106:26

तर तिनीहरूले आफ्नो परमेश्वरको विरोधमा नालिश गरे। यसकारण परमेश्वरले शपथ लिनु भयो कि तिनीहरू मरूभूमिमा मर्नेछन्।

इजकिएल 20:6

त्यसदिन मैले तिमीलाई मिश्रबाट बाहिर ल्याउँने प्रतिज्ञा गरेको थिएँ अनि मैले तिमीलाई त्यस प्रदेशमा ल्याँए जुन मैले तिमीलाई दिँदै थिए। त्यो एउटा राम्रो देश थियो जुन धेरै राम्रो चीजहरूले भरिएको थियो। यो सबै देशहरू मध्ये ज्यादै राम्रो थियो।

इजकिएल 20:23

यसकारण मैले मरूभूमिमा तिनीहरूलाई अझै एउटा वचन दिएँ। मैले तिनीहरूलाई विभिन्न राष्ट्रहरूमा तितर-बितर हुने अनि दोस्रो अनेकौं देशहरूमा पठाउने प्रतिज्ञा गरें।

हिब्रू 3:11

त्यसैले म रिसाएँ र शपथ लिएँ कि ‘तिनीहरूले कहिल्यै प्रवेश पाउने छैनन् र मसित विश्रान्ति पाउने छैनन्।”‘

हिब्रू 3:18

अनि परमेश्वरले कसका बारेमा शपथ खानु भएको थियो जो प्रवेश र विश्राम नपाउनेहरू थिए? परमेश्वरले तिनैका बारेमा भन्नुहुँदैथ्यो जसले उहाँको आज्ञा मानेनन्।

हिब्रू 4:3

हामी विश्वासीहरू परमेश्वरको विश्राममा प्रवेश पाउँछौं। जस्तो परमेश्वरले नै भन्नुभयो“म रिसाएँ र प्रतिज्ञा लिएँ कि ‘तिनीहरूले कहिल्यै प्रवेश गर्ने छैनन् र मेरो विश्राम पाउने छैनन्।” भजनसंग्रह 65:11परमेश्वरले यसो भन्नुभयो। तर परमेश्वरले यस संसारको सृष्टि गर्नुभएपछि उहाँले आफ्नो काम समाप्त गर्नुभयो।

Interlinear

Choose Theme