इजकिएल 18:29 · नेपाली बाइबल
इस्राएलका मानिसहरूले भने, “परमप्रभु हाम्रा मालिक न्यायपूर्ण हुनुहुन्न।”परमेश्वरले भन्नुभयो, “मेरा मार्गहरू अन्यायी छैनन्। यो त तिमीहरूका मार्गहरू हुन जुन न्याय सङ्गत छैनन्।
Cross references
भजनसंग्रह 18:31
त्यहाँ परमप्रभु बाहेक अरू कुनै परमेश्वर छैन, त्यहाँ परमेश्वर छोडेर अर्को चट्टान छैन।
हितोपदेश 19:3
मानिसले आफ्नै भूलले आफ्नो जीवन नष्ट पार्छ, तर त्यसको दोष परमप्रभुलाई लगाउँछ।
इजकिएल 18:2
“तिमीहरूले इस्राएलको भूमिमा बस्ने मानिसहरूको विषयमा यो उखान दोहर्याइरहेका छौ। तिमी भन्छौ;आमा-बाबुहरूले अमिलो अङ्गुर खाए, तर नानीहरूले अमिलो स्वाद पाए।
इजकिएल 18:25
परमेश्वरले भन्नुभयो, “तिमीले भन्न सक्छौ कि ‘परमेश्वर हाम्रो मालिक न्यायपूर्ण हुनुहुन्न।’ तर हे इस्राएलका परिवारहरू सुन! मेरो मार्गहरू अन्याय संगत छैन। तिमीहरूकै मार्गहरू अन्याय संगत छन्।